पोखरा । अन्तर्राष्ट्रिय युवा २०२४ को अवसरमा राष्ट्रिय युवा परिषद्को आयाेजना र रिटर्नी माइग्रेट नेपालको समन्वयमा पत्रकार, खेलाडी र व्यवसायीलाई सम्मान गरिएको छ।
रिटर्नी माइग्रेट नेपालको स्थापना दिवसमा परिषद्को आयोजनामा पत्रकारहरू एकराज गिरी र राम्जीप्रसाद लम्सालसहित खेलाडी एंव पाेखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक बहादुर गोदार, खेलाडी एंव महानगर खेलकुद विकास समितिका सदस्यसचिव सुभाष खड्का, खेलाडीहरु विशाल बस्नेत, सिद्धान्त अधिकारी, कृपा गुरुङ र रचना कुमारी चाैधरी, व्यवसायीहरु ईश्वर केसी, बुद्धि सुवेदी, रमेश भण्डारी, दुर्गा प्रसाद आचार्य, शोभाखर अधिकारीलाई सम्मान गरेको हो ।
लम्साल प्रेस चौतारीका केन्द्रीय लेखा आयोग उपाध्यक्ष हुन् भने गिरी सफल न्युज डटकमका कार्यकारी सम्पादक एवं प्रेस क्लब गण्डकीका अध्यक्ष हुन् ।
सम्मानित सबैलाई गण्डकी प्रदेशसभा सदस्य भीम कार्की, रिटर्नी माइग्रेट नेपाल कास्कीका अध्यक्ष अमृत प्रसाद बास्ताेला, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, केन्द्रीय सल्लाहकार चन्दबहादुर राेका, कार्यक्रम संयाेजक तथा गण्डकी प्रदेश सदस्य विष्णुबहादुर केसीले दाेसल्ला, अविर र सम्मानपत्र सहित सम्मान गरे ।
सम्मान कार्यक्रमपछि बाेल्दै प्रदेशसभा सदस्य भीम कार्कीले देशमा राजनीति अस्थिरता रहेकाे र त्यसले जनतामा निराशा पैदा गरेकाे बताउदै राजनीतिक स्थायित्व, अर्थतन्त्रमा देखिएकाे संकट, भष्टाचार नियन्त्रण र समाजमा भएका विकृति विसंगतिलाई अन्त्य का लागि काँग्रेस एमालेकाे सरकार बनेकाे बताए ।
उनले अप्ठ्यारोमा परेको अर्थतन्त्र, देशलाई निकास, विकृति विसंगति सुधार, भष्टाचार र अर्थतन्त्रमा आशाकाे संचारका लागि सरकारले काम गर्ने बताए । उनले रिटर्नीहरुका समस्यालाई समाधान गर्न आफ्नो तर्फबाट भुमिका खेल्ने कार्कीले बताए ।
राेजगारीका लागि विदेशमा बसेर आएकाहरुकाे सीप र ज्ञानलाई स्वदेशमा उपयाेग गर्ने, उनीहरूका समस्या समाधान गर्ने र सबैलाई समेटेर लैजाने उदेश्यले साझा संस्थाका रुपमा गठन गरिएकाे कास्की अध्यक्ष अमृत प्रसाद बास्तोलाले बताए ।
कार्यक्रममा रिटर्नी माइग्रेट नेपालका केन्द्रीय सल्लाहकार चन्द बहादुर राेका, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमल्सेना पंगेनि, सम्मानितका तर्फबाट संस्थापक अध्यक्ष बुद्धि प्रसाद सुवेदी, दिपकबहादुर गाेदार, रिटर्नी फेडेरेसन नेपाल गण्डकी प्रदेश अध्यक्ष प्रमिला बराल,एशिया मानव अधिकार मञ्चका मनबहादुर थापा, रिटर्नी सेन्टर नेपाल केन्द्रीय सदस्य चुडामणि अधिकारी, उपाध्यक्ष दुर्गा प्रसाद आचार्य लगायतले बाेलेका थिए ।
कार्यक्रम रिटर्नी माइग्रेट नेपाल कास्कीका अध्यक्ष अमृत प्रसाद बास्ताेलाकाे अध्यक्षतामा र कार्यक्रम संयाेजन रिटर्नी गण्डकी प्रदेश सदस्य विष्णुबहादुर केसीले गरेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु