दाङ । दाङमा लाठी प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।
लमही नगरपालिका–९ स्यालेका ४४ वर्षीय चक्रबहादुर भनिने श्यामकुमार कुमालले लाठी प्रहार गरी ४२ वर्षीया श्रीमती इश्वरी कुमालको हत्या गरेका हुन्।
मंगलबार बेलुका ८ बजेतिर हात्तीखालस्थित पसलबाट फर्किने क्रममा घर नजिकै बाटोमा मदिराले मातेका श्रीमानले सामान्य विवादकै क्रममा श्रीमतीमाथि लाठी प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पसलमा दुबैजनाले मदिरा सेवन गरेका थिए। मदिराले मातेकी श्रीमती घरमा जान नमानेपछि श्रीमानले घर तर्फ लगेको स्थानीयले बताएका छन्।
बाटोमा उनीहरू बीचमा सोही कुरामा विवाद हुँदा श्रीमानले श्रीमतीको टाउको लगायत विभिन्न भागमा लाठी प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
श्रीमतीको हत्या गरी फरार भएका कुमाललाई जलकुन्डीका स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। हत्या आरोपी कुमाल वडा प्रहरी कार्यालय लमहीको प्रहरी हिरासतमा राखिएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
इश्वरीको शवलाई पोष्टमर्टमका लागि लमही अस्पतालमा लगिएको छ। उनीहरूका तीन छोरी र एक छोरा छन्।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन