दाङ । दाङमा लाठी प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।
लमही नगरपालिका–९ स्यालेका ४४ वर्षीय चक्रबहादुर भनिने श्यामकुमार कुमालले लाठी प्रहार गरी ४२ वर्षीया श्रीमती इश्वरी कुमालको हत्या गरेका हुन्।
मंगलबार बेलुका ८ बजेतिर हात्तीखालस्थित पसलबाट फर्किने क्रममा घर नजिकै बाटोमा मदिराले मातेका श्रीमानले सामान्य विवादकै क्रममा श्रीमतीमाथि लाठी प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पसलमा दुबैजनाले मदिरा सेवन गरेका थिए। मदिराले मातेकी श्रीमती घरमा जान नमानेपछि श्रीमानले घर तर्फ लगेको स्थानीयले बताएका छन्।
बाटोमा उनीहरू बीचमा सोही कुरामा विवाद हुँदा श्रीमानले श्रीमतीको टाउको लगायत विभिन्न भागमा लाठी प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
श्रीमतीको हत्या गरी फरार भएका कुमाललाई जलकुन्डीका स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। हत्या आरोपी कुमाल वडा प्रहरी कार्यालय लमहीको प्रहरी हिरासतमा राखिएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
इश्वरीको शवलाई पोष्टमर्टमका लागि लमही अस्पतालमा लगिएको छ। उनीहरूका तीन छोरी र एक छोरा छन्।
सम्बन्धित खबर
नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने
सरकारले डेङ्गी नियन्त्रणका लागि भोलिदेखि एक महिने अभियान सुरू गर्दै
साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने सरकारको निर्णय
यी स्थानमा भारी वर्षाको सम्भावना
तनहुँकी एमाले नेतृ भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त
मन्त्री गुप्तालाई राजीनामा दिन बाध्य पार्ने घुस ‘डिल’ अडियोमा के छ ? [अडियोसहित]
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा