पोखरा । पोखरा महानगरपालिका ६ हल्लनचोकमा आज देखि ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
हल्लनचोक स्पोर्टस् क्लबको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आज (शनिबार) देखि प्रतियोगिता सुरु भएको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।
थापाका अनुसार म्याग्दी साइलेन्टले स्याङ्जा युनाइटेडलाई पराजित गदै म्याग्दी साइलेन्टले विजयी सुरुवात गरेको छ ।
यस्तै दोस्रो खेलमा आयोजकलाई हराउँदै ठाँटी दोस्रो चरणमा प्रवेश गर्याे ।
तेस्रो खेलमा फो ब्रदर्शलाई प्रस्र्याङले पराजित गर्याे । चौथो खेलमा ढिकी डाँडालाई लौरुकले हराउदै अघिल्लो चरणमा स्थान बनायो । पाँचौ खेलमा सेती दोभानलाई मामा भान्जाको टोलीले पराजित गर्याे । छैटौं खेलमा मट्टिखानलाई बटालियनले पाखा लगाउदै बटालियन दोस्रो चरणमा प्रवेश गर्याे ।
आज भएको अन्तिम खेलमा स्काई लिंकले ताराखोला जापानलाई पराजित गदै दोसो चरणमा स्थान पक्का गरेको सचिव थापाले जानकारी दिए ।
यसअघि प्रतियोगिताको उद्घाटन सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी अरुण शर्माले गरे । उनले सो अवसरमा बोल्दै भलिबलको विकासमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिताले थप टेवा पुर्याउने धारणा राखे ।
खेलकुद अनुशासनको पहरेदार भएको बताउदै उनले खेलाडीलाई अनुशासित बन्न र एकताको सुत्रमा बाध्न सघाउ पुर्याउने बताएका थिए ।
हल्लनचोक भलिबल कोर्टमा यही ३ गतेसम्म चल्ने प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहेको छ । आइतबार पनि बिहान ८ बजेदेखि नै बाँकी खेलहरु सञ्चालन गरिने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको विजेतालाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह