पोखरा । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँमा नयाँ नोट जारी नगर्ने भएको छ । दसैँतिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ ।
नयाँ नोट नछापे पनि केन्द्रीय बैंकले सर्वसाधारणलाई सुकिला नोट सटही गरिदिने जनाएको छ । नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो, तर सकेको थिए ।
यद्यपि, यस वर्षबाट सो योजनालाई कार्यान्वयन गरिने नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए । दसैँतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैङ्कले यस पटक सोही नोट सटहीको सुविधा दिने छ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सटही गरिने राष्ट्र बैङ्कले जनाएको छ ।
दसैँमा नयाँ नोट छापेर बजारमा पठाउने, तिनै नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रने गरेको हुँदा यसलाई कमी गर्न राष्ट्र बैङ्कले नयाँ नोट बन्द गर्न लागेको जनाएको छ । सामान्यतया नोटको दर अनुसार तीनदेखि चार वर्ष नोटको आयु हुने राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कका अनुसार पाँच वर्षको औसत हेर्दा नयाँ नोट छपाइका लागि नै एक अर्ब ३० करोड रुपियाँ बर्सेनि खर्च हुँदै आएको छ ।
सम्बन्धित खबर
गृह मन्त्रालयमा गरिमाका आमाबुबाको भिडियो खिचिएको रास्वपा महामन्त्रीकै आपत्ति
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
किस्तीमा राखेर आएको प्रधानमन्त्री पद त्याग गरेको व्यक्ति हुँ: रवि लामिछाने
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न: ‘वास्तविक उद्देश्य के हो ?’
प्रधानमन्त्री बालेन मुस्ताङ पुगे
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित