काठमाडौँ । उत्तरी भियतनाममा शक्तिशाली टाइफुन यागी आँधीका कारण १ सय २७ जनाको मृत्यु भएको छ । गएको शनिबार आएको शक्तिशाली टाइफुन पछि भइरहेको ठूलो वर्षा, पहिरो र बाढीमा परी अरु ५४ जना हराइरहेका छन् ।
पछिल्लो ३० वर्षमा भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधीले देशको उत्तरी भागमा विनाश निम्त्याएको छ भने १५ लाख मानिसलाई बिजुलीविहीन बनाएको बीबीसीले जनाएको छ । पश्चिमतर्फ सर्ने क्रममा रहेको यागीले थप विनाश गर्ने त्यहाँका अधिकारीहरूले चेतावनी दिएका छन् । प्रतिघण्टा २ सय ३ किलोमिटरको वेगको यस आँधीबाट २ सय ४० भन्दा धेरै मानिसहरू घाइते बनेका छन् ।
यो एशियामा यस वर्ष देखा परेको सबैभन्दा शक्तिशाली आँधी हो । भियतनामको व्यस्त रहने फोङ चाउ पुल भत्किँदा दश वटा कार र दुई वटा स्कूटर नदीमा खसेको बताइएको छ । आँधीले घरका छानाहरू उडाउने, रूखहरू ढाल्ने र उत्तरी भागमा पूर्वाधार तथा कारखानाहरूमा व्यापक क्षति पुर्याएको खबरमा उल्लेख छ ।
भियतनामका तटीय सहरहरूबाट झण्डै ५० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । उत्तरी प्रान्तमा रहेका विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन