क्यानाडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार बिहान भएको अभ्यास खेलमा क्यानडा हाइपर्फर्मेन्स टिम (एचपी) विरुद्ध जित हासिल गरेको छ ।
अमेरिकामा हुने आसन्न आइसिसी विश्वकप लिग २ सिरिजको तयारीका लागि क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चौथो अभ्यास खेलमा एचपीलाई दुई विकेटले हराएको हो ।
एक सय ९५ रनको लक्ष्य पाएको नेपालले ४६.२ ओभरमा आठ विकेट गुमाउँदै एचपी विरुद्ध आफ्नो जित निकालेको हो । नेपालका लागि ओपनर अनिल शाहले ७३ बलमा ५९ रन, आरिफ शेखले ३४ र कुशल मल्लले ३० रन बनाएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको एचपीले ४७.४ ओभरमा सबै विकेटको गुमाउँदै एक सय ९४ रन बनाएको थियो । एचपीका लागि ओपनर मिहार पटेलले ७२ र खाएविर खानले २८ रन बनाएका थिए ।
बलिङमा नेपालका कुशल भुर्तेलले तीन विकेट लिए भने करण केसी र सागर ढकालले दुई दुई तथा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिएका थिए । नेपाल क्यानडाबाटै लिग-२ सिरिज खेल्न अमेरिका जानेछ ।
अमेरिकामा नेपालले टी-२० र आइसिसी विश्वकप लिग-२ सिरिज खेल्नेछ । जसअन्तर्गत नेपालले टी-२० शृङ्खलामा १७, १९ र २० अक्टोबरमा अमेरिकाको सामना गर्नेछ । त्यसपछि नेपालले लिग-२ मा अमेरिका र स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ । उक्त सिरिजमा नेपालले २७ अक्टोबर र २ नोभेम्बरमा अमेरिका तथा २९ अक्टोबर र ४ नोभेम्बरमा स्कटल्याण्डसँग खेल्ने छ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’