पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।
अहिले मधेश प्रदेश,बाग्मती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको भईरहेको छ।
मंगलबार दिउँसो कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
यस्तै, राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’