स्याङ्जाको पुतलीबजार नगरपालिका -१२ पेल्काचौरमा दशैँ पूर्णिमा मेलाका आकर्षणको रुपमा रहेको भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
`हाम्रो गौरव, हाम्रो पौरख हाम्रो पेल्काचौर´ भन्ने मूल नाराका साथ मनकामना युवा क्लब पेल्काचौरद्वारा दशैँ पूर्णिमा मेलाको आकर्षणका रुपमा आयोजित अन्तर वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताका साथमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको क्लबका अध्यक्ष राजेन्द्र शर्माले जानकारी दिए ।
मेलाका आकर्षणको रुपमा रहेको अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा चापाकोट प्रथम, शुक्लागण्डकी दोस्रो र गल्याङ तेस्रो भएको हो ।
चापाकोट नगरपालिका -४ ले शुक्लागण्डकी नगरपालिका -१२ लाई ३-१ को सेटमा २५-२०, २४-२६, २५-२३ र २५-१२ अङ्कले पराजित गर्दै प्रथम भएको हो। प्रथम भएसङ्गै चापाकोटले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो। उपविजेता शुक्लागण्डकीले भने ट्रफी, मेडल र प्रमाणपत्रसहित ६० हजार रुपियाँमा चित्त बुझाएको हो।
त्यस्तै, पेल्काचौर खेलमैदानमा भएको उक्त प्रतियोगितामा गल्याङ नगरपालिका -७ ले पुतलीबजार नगरपालिका -७ लाई सोझो सेटमा पराजित गर्दै तृतीय भएको हो । प्रतियोगितामा तृतीय भएको गल्याङले ४० हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो।
यसैगरी, अन्तर वडा स्तरीय महिला भलिबल प्रतियोगितामा ट्रफी, मेडल र प्रमाणपत्रसहित प्रथम शुक्लागण्डकी न.पा. -११ ले नगद ३० हजार, द्वितीय पुतलीबजार न.पा. -१२ ले २० हजार र तृतीय विरुवा गा.पा. -७ ले १० हजार रुपियाँ पुरस्कार पाएको अध्यक्ष शर्माले बताए ।
कार्तिक १ गतेदेखी मेलाको अवसरमा आयोजित वडा स्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ १५ वडा र महिलातर्फ ६ वडाको सहभागिता रहेको थियो।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ