पोखरा । जापानमा आज आम निर्वाचनका लागि मतदान भइरहेको छ। ४ सय ६५ सदस्यीय संसदका लागि चुनाव हुन लागेको हो। निर्वाचनमा लिबरल डेमोक्रयाटिक पार्टी एलडीपी गठबन्धनले बहुमत ल्याउने दाबी गरेको छ ।
यद्यपी मिडिया पोलले भने उसको दावीलाई स्विकारेका छैन। सत्तारूढ दलभित्रको किचलो र राज्यकोषमा भएको अनियमितताबाट दिक्क भएका जापानीले नयाँ नेतृत्व चुन्ने देखिन्छ।
सन् २०२१ पछि जापानमा पहिलो आम निर्वाचन भएको हो। समानुपातिक र प्रत्यक्ष उमेद्वारका लागि मतदाताले भोट खसालिरहेको जापानी मिडिया क्योदो न्यूजले जनाएको छ। निर्वाचनको अन्तिम परिणाम सोमबार बिहानसम्ममा आइसक्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ।
राजनीतिमा जनताको विश्वास पुनर्स्थापित गर्ने भन्दै प्रधानमन्त्री शिगेरु इसिबाले अक्टोबर ९ मा संसद विघटन गरेका थिए।
६७ वर्षीय प्रधानमन्त्री इसिबाले मुद्रास्फीतिको नकारात्मक प्रभावलाई कम गर्ने, सुरक्षा खतराहरू विरुद्ध जापानको प्रतिरक्षालाई बलियो बनाउने लगायतका वाचा गरेका छन् ।
यो चुनावले प्रधानमन्त्री इसिवाको राजनीतिक भविष्य तय गर्दैछ। प्रधानमन्त्रीमा नियुक्त भएको ९ दिनमै प्रधानमन्त्री इसिवाले राजनीतिक भविष्य दाउमा राखेर अर्लि इलेक्सनको घोषणा गरेका हुन् । सत्तारुढ दलभित्रको किचलोका कारण एलडीपीले जनताको विश्वास गुमाउने आँकलन गरिएको छ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन