प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ‘अमर्यादित नाराबाजी’ गर्नेहरूलाई नेपाल प्रहरीले खोजिरहेको छ।
सहकारी ठगी गरेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन साहको समर्थन गर्ने ती युवाहरूले रंगशालाभित्र प्रधानमन्त्री विरूद्ध अराजक तरिकाले नाराबाजी गर्दै हुलदंगा गर्न खोज्ने कतिपय युवाहरूको पहिचान भइसकेको सुरक्षा निकायकाे दाबी छ।
‘हिजो साँझ मैदानमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू बालेन समर्थक र रास्वपाकै कार्यकर्ता रहेछन्,’ स्रोतले भन्यो, ‘समर्थन जसकाे पनि गर्न मिल्छ तर संसारले हेरिरहँदा अमर्यादित तरिकाले राष्ट्रकै बेइज्जत हुने गरी त्यस्ता समारोहमा प्रधानमन्त्री विरुद्ध नाराबाजी गर्न हुँदैन थियो ।’
तीमध्ये धेरैको पहिचान भइसकेकाे प्रहरी जनाएकाे छ। प्रहरी स्रोतले भन्यो – ‘कतिलाई भिडियोमार्फत् पहिचान गर्दैछौँ। थप कारबाही अघि बढाउँछौँ।’
‘कतिलाई सम्झाइ–बुझाइ गर्छौ। कतिलाई अनुसन्धानका लागि बोलाउँछौँ। आवश्यक परे थुन्छौँ, उनीहरूको पृष्ठभूमि हेर्छौँ। संगठित रुपमा रंगशाला छिरेका हुन् कि लहैलहैमा नाराबाजी गरेका हुन्? उनीहरूको गतिविधि नियालिरहेका थियौँ,’ नाराबाजी गर्नेहरूको पहिचान गर्न खटिएका एक अधिकारीले भने।
प्रधानमन्त्री ओली साफ फुटबल हेर्न दशरथ रंगशाला जानसक्ने संकेत पाएलगतै बालेन समर्थक तथा रास्वपा कार्यकर्ताहरूले हुलदंगा गर्ने योजना बनाएका थिए। फेसबुक पेज तथा युवाका ग्रुपहरूमा पनि पहिल्यैदेखि यस्ता बहस भइरहेका थिए ।
तर, उनीहरूको त्यो योजना रोक्न र नाराबाजी गर्नेहरूकाे पहिचानका लागि प्रहरीले सादा पोशाकमा जवानहरू खटाएको थियो। तिनै सुरक्षाकर्मीहरूले संगठित रुपमा रंगशाला छिरेर प्रधानमन्त्रीविरुद्ध नाराबाजी र हो–हल्ला गर्नेहरूको भिडियो कैद गरेका थिए। रंगशालामा प्रवेश गर्दा कडाइ पनि गरिएको थियो।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने