विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विजयी हुँदै ८ अंकका साथ सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको हो ।
सुदूरले अब उपाधिका लागि बुधवार लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ । सुदूरले अब लिगको अन्तिम खेल कोशी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।
विराटनगरको मेर्लिबोनज्वाला क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरले बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित ५० निर्धारित ५० ओभरको खेलमा ४१ ओभर ओभरमा सबै विकेट गुमाई १ सय १९ रन बनायो ।
बागमतीका रोशन विश्वकर्मालेअविजित ५६ रन बनाउँदा उत्तम मगरले २५ रनको योगदान दिए । सुदूरका यूवराजखत्रीले सर्वाधिक ५ विकेट लिए ।
उनले १० ओभरमा १ मेडन राख्दै ५१ रन दिए । उनी खेलको प्लेयर अफ द म्याच समेत भए । १ सय ३० रनकोविजयी लक्ष्य पाएको सुदूरले २८ दशमलव ५ बलमा ५ विकेट गुमाउँदै पार गरेको थियो ।
सुदूरका प्रकाश पाण्डे अविजित ५२ रन बनाउँदा नरेश भट्टले ३८ रनको योगदान दिए। बागमतीका दीपक सेरलाले सर्वाधिक २ विकेट लिए । सुदूरले खेलेको ५ खेलमा ४ माजित निकाल्दै ८ अङ्कका साथ दास्रो स्थानमा रहेर फाइनलको यात्रा तय गरेको छ भने वागमतीलेखेलेको ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अङ्कका साथमा चौथो स्थानमा रहेको छ ।
गण्डकीद्वारा कर्णाली प्रदेशलाई २ विकेटले पराजित
आजै बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३८ दशमलव १ बलमा सबै विकेट गुमाई १सय १ रनको योगफल बनायो । कर्णालीका अरविन्द्य खत्रीले सर्वाधिक ४६ रन बनाए ।
गण्डकी प्लेयर द म्याच अपराजित पौडेलले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै १९ रन दिए । १ सय २ रनको लक्ष्य पाएको गण्डकीले २६ दशमलव १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको छ । गण्डकीका रोहितअन्दले २२ रन बनाउँदा सिब्रिन श्रेष्ठले १९ रनको योगदान दिए । कर्णालीका युनिषठकुरीले ४ विकेट लिँदा अनुज चनराले २ विकेट लिए ।
गण्डकीले सबै ६ खेल खैल्दा ३ माजित हात पार्दै तेस्रो स्थानमा रहेर प्रतियोतिाबाट बाहिरिएको छ भने कर्णालीलेखेलेको ५ खेलमै पराजित भई लिगको पुछारमा रहेको छ । सोमबारको खेलबैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कर्णाली र मधेस प्रदेश तथामेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र सुदूर प्रदेशबिच खेल हुनेछ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला