पोखरा । देशका केही स्थानमा आज सोमबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
सोमबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
यस्तै, राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
दुई छोरासहित आमा झुन्डिएको अवस्थामा मृत फेला
झाँक्री प्रकाश भुजेललाई थुनामा पठाउने आदेश
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
देश चलाउन सहकारी ठगेजस्तो हुँदैनः प्रधानमन्त्री
आफूविरूद्ध समाचार लेख्ने पत्रकारलाई कारबाही गर्न मेयर हर्कले लेखे गृहमन्त्रीलाई पत्र
रविलाई पोखरा लैजाँदा प्रहरीले मापसे गरेको थिएन: प्रहरी
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो