हेटौंडा । हेटौंडामा ट्यांकरको टायर मर्मतका क्रममा पड्किएर एक जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन्।
पेट्रोल बोकेको ट्यांकरको टायर मर्मत गर्ने क्रममा टायर पड्किएर भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनी हेटौंडा टायर मर्मत पसल सञ्चालक हुन्।
गएराति करिब एक बजे मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको ट्यांकरको टायरमा हावा भर्ने क्रममा पड्किएको थियो।
टाउकोमा चोट लागेर गम्भिर घाइते भएका ऐजाजको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सो घटनामा परी टायर मर्मत पसलमा काम गर्ने पर्साको धोबिनी गाउँपालिकाका १८ वर्षीय जाबिर हवारी, हेटौंडा–११ का ३९ वर्षीय देवान लामा, हेटौंडा–११ कै ४७ वर्षीय मोहनलाल दुलाल, धादिङको धुनिबेशी नगरपालिका–२ का २३ वर्षीय उत्तम बस्नेत र धादिङको थाक्रे गाउँपालिका–८ का लक्ष्मण थापा घाइते भएका छन् ।
लामाको चुरे हिल अस्पतालमा उपचार भइरहेको छ भने अन्य चार जना उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पत्रकार महासंघमा यस्तो बन्यो चुनावी गठबन्धन, यूनियन र चौतारी एक ठाउँ
स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गरी फर्किए भुटानका राजा
घाँटी छिनाएर एक महिलाको विभत्स हत्या
नेपाल प्रहरीको जवान पदमा भर्ना खुल्यो
भुटानका राजा–रानी आज काठमाडौँ आउँदै
आज विवाहपञ्चमी पर्व मनाइँदै
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
पोखरामा मोटरसाइकल चोरी गरी पाटपुर्जा झिकेर बिक्री गर्ने युवक पक्राउ
दुई युवकमाथि आक्रमण गर्ने लमजुङका सुमित र सुशनसहित ४ पक्राउ