पोखरा । सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पूर्जी जारी गरेको छ ।
काठमाडौं महानगरपालिका वडा १४ स्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको अभियोगमा छानबिनका लागि पूर्व गृहमन्त्री लामिछानेसहित २२ जनाविरुद्ध आइतबार पक्राउ पूर्जी जारी भएको हो ।
उक्त सहकारीको रकम पनि गोर्खा मिडिया नेटवर्कमा गएको पाइएको बताइएको छ । सोको अनुसन्धानका लागि गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक समेत रहेका लामिछाने, पूर्व संचालक पूर्व डीआइजी छविलाल जोशीसमेतलाई पक्राउ पुर्जी जारी भएको हो ।
ठिक १ महिनाअघि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । त्यसअघि नै पक्राउ परेका जोशी पनि कास्की प्रहरी हिरासतमा छन् ।
उनीहरुलाई सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरण मुद्दामा समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । लामिछाने र जोशीलाई यसअघि बुटवलको सुप्रिमको रकम समेत अपचलन गरेको अभियोगमा पक्राउ पूर्जी जारी भएपछि रुपन्देहीस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएर पोखरा फर्काइएको थियो ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ