सहकारी पीडितहरूले गरेको प्रदर्शनका क्रममा माइतीघरमा झडप भएको छ ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को आयोजनामा पीडितहरू बुधबार विभिन्न स्थानमा विरोध प्रदर्शन गर्दै माइतीघर पुगेका थिए ।
उपत्यकाको सोह्रखुट्टे, चाबहिल, गठ्ठाघर, पुल्चोकलगायतका स्थानबाट उनीहरू र्यालीसहित माइतीघर पुगेका थिए ।
पीडितहरू बानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडपको स्थिति बनेको हो।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग गर्दा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेको छ। निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को अगुवाइमा सहकारी पीडितहरूले राजधानीका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए।
माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले सहकारी ठगीविरुद्धका नाराहरू लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए। उनीहरूले ‘हामी सहकारी बचतकर्ताको पौने ३ खर्ब रुपैयाँ लुटियो, गुहार!’ ‘सहकारी ठगको तीन पुस्ते सम्पत्ति जफत गर !’ जस्ता नारा लगाएका थिए।
गठ्ठाघर चोक, चाबाहिल चोक, पुल्चोक, कालीमाटी, र सोहखुट्टे चोकबाट सहकारी पीडितहरू प्रदर्शन गर्दै माइतीघरमा भेला भएका हुन्। उनीहरूले सहकारीमा डुबेको पैसा फिर्ता गराउन र महँगीविरुद्ध सरकारले चाँडो कदम चाल्नुपर्ने माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसअघि नै सहकारी पीडितहरूको आन्दोलनप्रति समर्थन रहेको भन्दै एक विज्ञप्ति जारी गरेको थियो। पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका बेला रास्वपाले उनको रिहाइको माग गर्दै आन्दोलन गरिरहेकै अवस्थामा सहकारी पीडितहरूको आन्दोलनलाई पनि साथ दिएको जनाएको छ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो