मङ्सिरमा मनाइने वडा तिहारका लागि खर्च जोहो गर्दै स्याङ्जा आइपुगेको राउटे समुदायको टोलीलाई आर्थिक सहयोग गरिएको छ ।
परम्परागत काठका सामाग्रीहरु बेचेर जीवन धान्ने समुदाय अहिले पेशा संकटमा परेपछि विभिन्न स्थानमा पुगेर खर्च जुटाउन सुर्खेतबाट आएका छन् ।
शुक्रबार स्याङ्जा आएको राउटे टोलीले जिविकोपार्जन गर्न समस्या रहेको आफ्नो दु:खेसो पोखेका थिए । स्याङ्जा आएको राउटे टोलिका अगुवा तथा मुखिया शेर बहादुर शाहीले आफ्नो समुदायले भोगेका समस्याहरु व्यक्त गरेका थिए । हरेक वर्ष जस्तै यस वर्षपनि चाडपर्व मनाउनका लागि सहयोग संकलन गरिरहेको उनको भनाइ छ ।
दु:खेसो पोख्दै सहयोगको अपेक्षा राखेको टोलीलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाको तर्फबाट प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले पाँच हजार रुपियाँ प्रदान गरेकी थिइन् ।
यसैगरी, समुदायको अवस्था र समस्यामा केही हदसम्म राहत पुगोस् भन्दै पुतलीबजार नगरपालिकाले र स्थानीय व्यवसायी पार्वती गुरुङले उक्त टोलिलाई पाँच/पाँच हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेका थिए । स्याङ्जा आएको राउटे समुदायको टोलीलाई जिल्ला प्रहरी कार्यालय र रेडक्रस सोसाइटी स्याङ्जाले तथा विभिन्न व्यक्तिहरूले पनि सहयोग गरेका छन् ।
राउटे समुदायले नेपाल सरकारको तर्फबाट खान, बस्नमा निरन्तर सहयोगको अपेक्षा गरेको मुखिया शाहीले बताए । प्राप्त सहयोग रकमबाट राउटे समुदायको खाने, बस्ने प्रयोजनमा खर्च गरिने शाहीले बताए ।
नेपालको लोपोन्मुख आदिबासी समुदायमा राउटे समुदाय रहेको छ । उनीहरुको सुर्खेतमा ४६ घरधुरी छ भने करिब दुई सय राउटे रहेका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार