मङ्सिरमा मनाइने वडा तिहारका लागि खर्च जोहो गर्दै स्याङ्जा आइपुगेको राउटे समुदायको टोलीलाई आर्थिक सहयोग गरिएको छ ।
परम्परागत काठका सामाग्रीहरु बेचेर जीवन धान्ने समुदाय अहिले पेशा संकटमा परेपछि विभिन्न स्थानमा पुगेर खर्च जुटाउन सुर्खेतबाट आएका छन् ।
शुक्रबार स्याङ्जा आएको राउटे टोलीले जिविकोपार्जन गर्न समस्या रहेको आफ्नो दु:खेसो पोखेका थिए । स्याङ्जा आएको राउटे टोलिका अगुवा तथा मुखिया शेर बहादुर शाहीले आफ्नो समुदायले भोगेका समस्याहरु व्यक्त गरेका थिए । हरेक वर्ष जस्तै यस वर्षपनि चाडपर्व मनाउनका लागि सहयोग संकलन गरिरहेको उनको भनाइ छ ।
दु:खेसो पोख्दै सहयोगको अपेक्षा राखेको टोलीलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाको तर्फबाट प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले पाँच हजार रुपियाँ प्रदान गरेकी थिइन् ।
यसैगरी, समुदायको अवस्था र समस्यामा केही हदसम्म राहत पुगोस् भन्दै पुतलीबजार नगरपालिकाले र स्थानीय व्यवसायी पार्वती गुरुङले उक्त टोलिलाई पाँच/पाँच हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेका थिए । स्याङ्जा आएको राउटे समुदायको टोलीलाई जिल्ला प्रहरी कार्यालय र रेडक्रस सोसाइटी स्याङ्जाले तथा विभिन्न व्यक्तिहरूले पनि सहयोग गरेका छन् ।
राउटे समुदायले नेपाल सरकारको तर्फबाट खान, बस्नमा निरन्तर सहयोगको अपेक्षा गरेको मुखिया शाहीले बताए । प्राप्त सहयोग रकमबाट राउटे समुदायको खाने, बस्ने प्रयोजनमा खर्च गरिने शाहीले बताए ।
नेपालको लोपोन्मुख आदिबासी समुदायमा राउटे समुदाय रहेको छ । उनीहरुको सुर्खेतमा ४६ घरधुरी छ भने करिब दुई सय राउटे रहेका छन् ।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर