काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन एमाले विरुद्ध परिचालित भएकाे प्रष्ट भएकाे बताउनुभएकाे छ ।
शुक्रबार एमालेले दरबारमार्गमा आयाेजना गरेकाे जागरण सभापछि सार्वजनिक गरिएकाे जरिवाना पर्चाबाट शाह एमाले विरुद्ध परिचालित भएकाे प्रष्ट भएकाे महासचिव शंकर पाेखरेलले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
कार्यक्रम समापन भएपछि आयाेजककाे तर्फबाट फाेहाेर संकलन गरिएकाे र संकलित फाेहाेर लिन महानगरकाे गाडी बाेलाउने काम जारी रहेकै बेला बालेनले जरिवाना पत्र काटेकाे उनले उल्लेख गरे ।
संकलन गरिएको भएको फोहर उठाउनका लागि गाडी पठाउन गरिएकाे अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो कार्यक्रम नसकिँदै जरिवाना गरी मेयर शाहकाे निर्देशनमा कुप्रचार गर्ने काम भएकाे महासचिव पाेखरेलले उल्लेख गरेका छन् ।
मेयर शाहकाे ध्यान एमालेले गरिरहेकाे सरसफाईमा नभइ जरिवानाको स्टण्टवाजीमा रहेकाे पनि उनले बताए । महासचिव पाेखरेलले लेखेका छन् – ‘काठमाडाैं महानगरका मेयर बालेन एमालेका विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक गरिएको जरिवाना पर्चावाट बुझ्न सकिन्छ, कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फबाटै भइरहेको थियो, संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो, अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा जतिबेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिबेला स्वयम् सेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै थिए, मंच र मंचमा प्रयोग गरिएका सामाग्री हटाउने काम सगसंगै जारी नै थियो, तर पनि मेयरको ध्यान सरसफाईमा होइन जरिवानाको स्टण्टवाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो ।’
एमाले आफ्नो कार्यक्रमपछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा बालेनलाई हेक्का नभएकाे उनले उल्लेख गरे । जागरणसभा यस प्रकारका स्टण्टवाजी गर्नेहरुलाई सचेत बनाउनका लागि पनि भएकाे महासचिव पाेखरेलकाे भनाइ छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण