पोखरा । सुजल फुड्स प्रालिले नेपालको सर्वाधिक प्रिय क्यान्डी मध्ये एक रिमझिम बललाई पुन: बजारमा ल्याएको छ ।
सन् १९७६ मा पहिलो पटक ल्याइएको यो क्यान्डीको मिठ्ठो र पिरो स्वादको अनौठो मिश्रणले धेरैको बाल्यकाल यादगार बनाउन सहयोग गरेको थियो । यसलाई माया गरेर ‘ब्ल्याक बल’ भनेर चिन्ने प्रशंसकहरूका लागि यो क्यान्डीको मिठ्ठो पिरो स्वादले छुट्टै स्थान ओगटेको छ ।
समयसँगै रिमझिम बललाई उपभोक्ताहरूले विभिन्न नामहरू जस्तै ब्ल्याकबल क्यान्डी, मिठ्ठो पिरो क्यान्डी, कालो मिठाई जस्ता नामहरू दिएका थिए । जसले यस क्यान्डीप्रतिको उपभोक्ताको गहिरो सम्बन्धलाई प्रतिविम्वित गर्दछ, कम्पनीले भनेको छ ।
कम्पनीले विज्ञप्तिमार्फत् भनेको छ – ‘यो ओरिजिनल ब्ल्याक बल क्यान्डीलाई पुन: लन्च गर्दा हामीले यसको पुरानो स्वादलाई जस्ताको त्यस्तै राखेका छौं, त्यती मात्र हैन, क्यान्डीको आकार समेत ठूलो बनाइएको छ, जसले यो क्यान्डी खादाँको अनुभवलाई अझ धेरै सन्तुष्टि प्रदान गर्छ ।
४. ५ ग्रामको यो क्यान्डी मात्र रू २.५ मा मज्जा लिन सकिनेछ। रिमझिम बल आकर्षक जार तथा प्याकेटमा उपलब्ध छ। जसमा यस क्यान्डीका विशेषताहरू स्पष्ट रूपमा देख्न सकिन्छ र पारदर्शी डिजाइनले जार तथा प्याकेटभित्रको सामग्रीलाई स्पष्ट रूपमा प्रस्तुत गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार जारमा १५० पिस र प्याकेटमा ८० पिस स्वादिलो रिमझिम बल राखिएको छ । रिमझिम बल क्यान्डी अत्यन्तै सफा तथा सुरक्षित वातावरणमा विश्वकै अत्याधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरिएको छ, जसले प्रत्येक पटक उपभोग गर्दा गुणस्तरीय उत्पादनको सुनिश्चितता गर्दछ। सुजल फुड्स प्रालिले अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ठ फ्लेभर (स्वाद) हरूको प्रयोग गरेर रिमझिम बल उत्पादन गरेको, जसले स्वादमा निरन्तरता र गुणस्तर प्रदान गर्दछ।
रिमझिम बलको नयाँ मार्केटिङ अभियानले विगत र वर्तमानको गहिरो सम्बन्धलाई सम्मान गर्दै पुराना प्रशंसक र आजका युवा पुस्तामा समेत ट्रेन्डिङमा रहेको पिरो स्वाद र प्रशंसकले दिएको नाम “मिठ्ठोपिरो क्यान्डी” र “ब्ल्याक बल” को ब्यानरमुनि रहेर यसको पुन: लन्चिङका विभिन्न कृयाकलापहरु गदै छ ।
यो पुन: लन्चले क्यान्डीको पुरानो स्वादको स्मृतिलाई पुन: ताजगी गर्दै यसको फरक र तिक्खर स्वादलाई नयाँ पुस्तासम्म पुर्याउन र चखाउन मद्दत गर्ने विस्वास लिइएको छ ।
गत वर्ष ओरेन्ज बललाई पुन: बाजारमा ल्याएपछि र विशेष गरी नयाँ र तिक्खर स्वादहरू लोकप्रिय हुँदै गइरहेको अवस्थामा रिमझिम बललाई फेरी पनि बजारमा ल्याउने निर्णयले गति पाएको कम्पनीको भनाइ छ ।
यसको मिठ्ठो र पिरो स्वादको अद्वितीय मिश्रण, जसलाई विगतका पुस्ताहरूले निकै मन पराएका र आजका नयाँ स्वाद खोज्ने पारखीहरुको लागि समेत उत्कृष्ट रोजाई पर्नेमा कम्पनी विश्वस्त छ ।
रिमझिम बलको पुन: लन्चको सुरुवात पोखरा बाट गरिएको छ र छिट्टै यो क्यान्डी देशैभर उपलब्ध हुनेछ । सुजल फुड्सले नेपालभरीका हरेक व्यक्तिले फेरि यो आइकोनिक क्यान्डीको मज्जा लिन पाउने सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएको छ।
सम्बन्धित समाचारः
सुजल फुड्सको क्यान्डी रिमझिम बल पुनः बजारमा आउँदै
सम्बन्धित खबर
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला