राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भोलि मंगलवार काठमाडौँ लगिने भएको छ।
सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँमा बयानका लागि लैजान लागिएको हो। बुद्ध एयरको भोलि बिहान साढे आठ बजेको टिकट बुकिङ गरिएको बताइएको छ।
कामठाडौँ कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनासम्बन्धी परेको जाहेरीका आधारमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ। सोही विषयमा अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
यसअघि उनलाई रुपन्देही लगेर बयान लिइएको थियो। अब काठमाडौँमा बयान सकिएपछि फेरि पोखरामै फर्काइने छ। चितवनबाट पनि पक्राउ पुर्जी जारी भएकाले त्यहाँ लगेर पनि बयान लिइने जनाइएको छ।
हिजोमात्रै लामिछानेमाथि कास्की जिल्ला अदालतले १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते अपराध गरेको आरोपमा रवि कास्की प्रहरीको हिरासतमा छन् ।
सहकारी ठगीमा इन्कारी जवाफ दिइरहेका लामिछानेले विभिन्न सहकारीमा ऋण तिर्न कोटेको चेक फेला परेका समाचार बाहिरिएका छन् । यस विषयमा उनले जवाफ दिन आलटाल गरेको प्रहरी स्रोतले जनाएको छ ।
कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो । कास्की जिल्ला अदालत कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १० र कात्तिक २५ मा १३ दिन म्याद थप भएको थियो ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण