सामाजिक अभियन्ता तथा चर्चित टिकटकर गिभिना मगरलाई एकसाथ दुई पारिवारिक शोक परेको छ । दुर्घटनामा आमा गुमाएको केही समयमा उनले भाइसमेत गुमाएकी छन् । आमाको निधनले विक्षिप्त छोरा (गिभिनाका कान्छा भाइ) ले पनि घरमै आत्महत्या गरेका छन्।
उनकी आमा ५५ वर्षीया धनकुमारी बुढाको ट्रकले ठक्कर दिएर मृत्यु भएको हो । आमाको निधनपछि शोकाकुल बनेका २६ वर्षका भाइ रामकुमार बुढा समेत शनिबार मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पोखराको याम्दीमा ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते आमा धनकुमारी बुढा मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा शुक्रबार बेलुकी मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए ।
प्रहरीका अनुसार रामकुमार पोखरास्थित कोठामै मृतावस्थामा फेला परेका थिए । आमाको मृत्युको खबर सुनेपछि बिछिप्त भएका रामकुमार राति १२ बजे झुण्डिएको अवस्थामा फेला परेको बताइन्छ ।
स्थानीयका अनुसार राति उनलाई फोन गर्दा फोन नउठेपछि खोजी भएको थियो । कोठामा पुगेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए । मोबाइल झुण्डिएकै तल भूँइमा रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
धनकुमारी आफ्ना पति गणेश मगरसँगै थिइन्। उक्त दुर्घटनाको सिसी टिभी फुटेज हेर्दा पतिभन्दा एकदुई कदम उनी अगाडि देखिन्छन्। उनी अघि बढ्न लागेको दृश्य देखिन्छ। यत्तिकैमा पोखरातर्फ आउँदै ट्रकले ठक्कर दिएको छ। दुर्घटनामा रगताम्य उनलाई तत्काल मणिपाल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको थियो
गिभिना परिवारकी जेठी छोरी हुन्। उनका दुई जना भाइ छन्। मृतक दुवै जनाको शव अस्पतालमा राखिएको छ। दाङको मगर परिवार लामो समयदेखि पोखरा आई बसेको हो। मृतकको पोखरा सेती नदीमै अन्त्येष्टि गरिने परिवारजनको तयारी छ।
पोखरामा बस्दै आएकी गिभिना सामाजिक सञ्जालमा आफ्नो सामाजिक कामका कारण चर्चित छिन् । गिभिना गत साता मात्रै विवाह बन्धनमा बाँधिएकी थिइन् ।
सम्बन्धित समाचारः
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो