पोखरा । पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी सर्किट १ आइटिएफ जे३० वल्र्ड टेनिस टुरतर्फ बिहीबार सिंगल्सतर्फका सेमीफाइनल खेलहरु निकै रोमाञ्चपूर्ण रुपमा सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा प्रतियोगिताको पाचौ दिन विश्वभरका खेलाडीहरू आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै तीव्र प्रतिस्पर्धा उत्रिए भने नेपाली खेलाडीहरूले समेत् उत्कृष्ट छाप छोडे ।
यसै क्रममा नेपाली खेलाडी सुनिरा थापा गल्र्स सिंगल्सतर्फ शानदार प्रदर्शनका साथ फाइनलमा प्रवेश गरिन् । उनले भारतकी शगुन कुमारीलाई ६–३, ३–६, ७–५ ले पराजित गर्दै फाइनलमा जारी प्रतियोगितामा सहभागि शीर्ष वरीयताकी भारतिय खेलाडी महिका खन्ना संग भेट पक्का गरिन् । सुनिरा संग फाइनलमा भेट पक्का गरेकी महिकाले मंगोलियाकी मार्ता छोगसोमजव विरुद्ध कडा चुनौतीलाई पार गर्दै कठिन जित दर्ता गरिन् । उनले मार्तालाई ७–६(३), १–६, ६–४ ले पराजित गरिन् ।
यस्तै ब्वाइज सिंगल्समा नेपाली खेलाडी आरभ सम्राट हाडा सेमीफाइनलबाट बाहिरिएका छन् । उनी भारतिय खेलाडी आश्रव्य मेहरा संग सोझो ६–१, ६–२ ले स्तव्ध बने । यस्तै हैनुओ गुओ (चीन) ले रोमाञ्चक तीन सेटको खेलमा प्रतीक नविन (अष्ट्रेलिया) लाई ७–६(८), ५–७, ६–३ ले पराजित गर्दै जित दर्ता गरे ।
ब्वाइज/गल्र्स डबल्स फाइनल सम्पन्न
प्रतियोगिताको पाँचौ दिन ब्वाइज/गल्र्सतर्फका फाइनल खेलहरु सम्पन्न भएका छन् । ब्वाइज डबल्सतर्फ भारतीय जोडी ओजस मेहलावत र अधिराज ठाकुरले आफ्नै देशका प्रतिस्पर्धी आदित्य मोर र प्रकाश सरणलाई ६–२, ६–१ को सजिलो जित दर्ता गर्दै उपाधि आफ्नो नाम गरे ।
यस्तै गल्र्सतर्फको फाइनल खेल भने निकै रोमाञ्चपूर्ण रह्यो । भारतीय जोडी दिशा बेहेरा र अर्जन खोराकीवालाले आफ्नै देशका प्रतिस्पर्धी महिका खन्ना र एन्जेल पटेललाई रोमाञ्चक खेलमा ६–३, २–६, (१०–५) ले पराजित गर्दै उपाधि जिते ।
प्रतियोगिता अन्तर्गत भोली (शनिबार) बाट गल्र्स/ब्वाइजतर्फका फाइनल खेलहरु सम्पन्न हुनेछन् भने भोलीबाटै सर्किट–२ अन्तर्गतका क्वालिफाइङ राउण्डका खेलहरु समेत सुरु हुने टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जनाएका छन् ।
ब्वाइजतर्फ क्वालिफाइङ राउण्डतर्फ विभिन्न देशका २७ र गल्र्सतर्फ ८ जना छन् । मेन ड्रमा भने दुबैतर्फ २८–२८ जना छन् । दुई दिन सम्म चल्ने क्वालिफाइङ खेलबाट ४–४ जना मेन ड्रका लागि छनौट हुने छन् । मेन ड्रका लागि भने नेपाली ४ जना खेलाडीहरुले सोझै प्रवेश पाइसकेका छन् ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव