धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्कघातको समस्या देखिएको छ।
मस्तिस्कघातको समस्या देखापरेपछि मेयर हमाललाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको थियो।
माया मेट्रो अस्पताल धनगढीमा आईसीयूमा राखेर उपचार गरिएकोमा यहाँ सम्भव नभएपछि थप उपचारका लागि भारतको दिल्ली लगिएको छ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. मोहन साउदले मेयर हमाललाई मस्तिष्कको पक्षघात अर्थात Stroke (cerebellum infraction) को समस्या देखिएको बताए । उक्त रोगको उपचार यहाँ सम्भव नभएपछि हमाललाई दिल्ली रेफर गरिएको उनले जानकारी दिए । यद्यपि मेयर हमालको अवस्था खतरामुक्त रहेको डाक्टर साउदको भनाइ छ ।
यद्यपि, मेयर हमालको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
हमालको सचिवालयका अनुसार उनलाई शुक्रबार रिङटा लागेको थियो । सचिवालयका प्रतिनिधिले भने ‘पहिलादेखि नै उपचार गराइरहेको दिल्लीस्थित म्याक्स अस्पतालमा लगिएको छ ।’ यसअघि उनी कानको बिरामी थिए । हमालको उपचार तथा रेखदेखका लागि छोरा आयुष र भाइ साथमा गएका छन् ।
माया मेट्रो अस्पतालमा पुगी आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहितले मेयर हमाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । मन्त्री भण्डारीले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्योपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिएका छन् ।
टोलीमा प्रदेशसभा सदस्य धर्मराज पाठक र एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगाना पनि थिए ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो