पोखरा । नियात्राकार, लेखक, संस्कृतिकर्मी, चित्रकार, साहित्यकार एवं सञ्चारकर्मी तिलक प्रसाद पुन पुर्जाको चौँथो कृति ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण गरिएको छ । समाजवादी प्रेस संगठन नेपाल कास्कीद्वारा आयोजित एक कार्यक्रमका बिच लेखक पुर्जाको ६१ औँ जन्मदिनका अवसरमा प्रकाशित कृतिको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार लोकार्पण गरेका हुन्।
पुस्तकको लोर्कपर्ण गर्दै नगर प्रमुख आचार्यले पुर्जाद्वारा लिखित पुस्तकले नेपाली कलाकारिताको क्षेत्रमा क्रियाशील सुरकर्मीहरूलाई थप हौसला र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । पोखरा महानगरपालिका कला, साहित्य र सृजनाको विकास, प्रवद्र्धन र उन्नयनका लागि प्रतिबद्ध रहेको उल्लेख गरे।
प्रकृति मानव केन्द्रित जनअभियान नेपालका अध्यक्ष कृष्ण गौतमले पुर्जालाई प्रकृतिको नजिक रहेर साहित्यिक रचनामा तीक्ष्ण क्षमता राख्ने सर्जकका रूपमा उल्लेख गरे। प्रकृति प्रतिको लेखक पुर्जाको समर्पण उदाहरणीय रहेको उनले बताए। लेख तथा रचना मार्फत वातावरण प्रति सचेतना जगाउने सन्दर्भमा पुर्जा जस्ता सर्जकहरूको योगदान उल्लेखनीय रहेको गौतमले बताए।
४६ जना सुरकर्मीहरूको कलाप्रतिको योगदान, संघर्ष र जीवनी बारेमा लेखिएको पुस्तक माथि प्रेस स्वतन्त्रता सेनानी बद्रिबिनोद प्रतिकले टिप्पणी सहित विवेचना र प्रेस स्वतन्त्रता नवराज सुवेदीले स्रष्टा परिचय राखेका थिए । र समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीका अध्यक्ष रुद्र बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल, लेखक पुर्जा र समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय उपाध्यक्ष श्रीराम सिग्देल लगायतले पुर्जाको कृतिका बारेमा बोलेका थिए।
यसअघि पुर्जाका लोकसंस्कृतिका सुसेलीहरू, बस्ती भित्र र साइनो नामका पुस्तकहरू प्रकाशित भइसकेका छन् । पुर्जाले सामाजिक, सांस्कृतिक र समसामयिक विषयवस्तुहरूमा कलम चलाउने गरेका छन्। लामो समयदेखि पत्रकारितामा समेत क्रियाशील पुर्जा भुइमान्छेहरुको पक्षमा कलम चलाउन रुचि राख्छन्।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो