बायरो बने फ्रान्सका नयाँ प्रधानमन्त्री

बायरो बने फ्रान्सका नयाँ प्रधानमन्त्री

Macron-france

पोखरा । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले मध्यमार्गी नेता फ्रांस्वा बाइरुलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

७३ वर्षीय बाइरु मोडेम पार्टीको नेतृत्व गर्छन्। प्रधानमन्त्रीका रूपमा आफ्नो नाम घोषणा गर्नुअघि उनले इमानुएल म्याक्रोनसँग भेट गरेका थिए ।

मध्यपन्थी उदारवादी विचार राख्ने बायरो केही समयअघि फ्रान्सका शिक्षामन्त्री थिए । फ्रान्समा राजनीतिक तनाव बढ्दै जाँदा प्रधानमन्त्री फेरिइरहेका छन् । यसै अस्थिरताको क्रममा आएका बायरो चौथो प्रधानमन्त्री हुन् ।

यसअघिका फ्रान्सका पूर्वप्रधानमन्त्री मिशेल बार्नियरलाई उनको पदबाट हटाइएको थियो ।

राष्ट्रपति इमानुएल म्याक्रोनले संसदीय निर्वाचन गर्ने घोषणा गरिसकेका छन् । केही समयदेखि फ्रान्स राजनीतिक गतिरोध जारी छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ