‘पुष्प २’ अभिनेता अल्लु अर्जुन शनिबार बिहान हैदराबादको चञ्चलगुडा केन्द्रीय कारागारबाट रिहा भएका छन् ।
उनका बुबा अल्लु अरविन्द र ससुरा कंचर्ला चन्द्रशेखर रेड्डी उनलाई लिन जेल पुगेका थिए । अल्लु करिब १८ घण्टा हिरासतमा रहे । रिलिजपछि अल्लु गीता आर्ट्स प्रोडक्सन हाउस पुगे ।
यसपछि अल्लु करिब शनिबार बिहान ९ बजे हैदराबादस्थित आफ्नो घर पुगे । आमालाई अँगालो हालेर घरभित्र पसे । परिवारका सदस्यसँग भेट गरे । त्यसपछि उनले मिडियासँग कुरा गरे । अल्लुलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको थियो । उनीमाथि गत डिसेम्बर ४ मा हैदरावादमा भएको ‘पुष्प २’को प्रिमियरका क्रममा बिना जानकारी सन्ध्या थिएटरमा पुगेको आरोप छ । जसका कारण त्यहाँ भीड जम्मा भयो र भागदौड मच्चियो । एक महिलाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।
पक्राउपछि उनलाई ४ बजे स्थानीय अदालतमा पेस गरिएको थियो, जहाँबाट उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको थियो । अल्लुले तेलंगाना उच्च अदालतमा अन्तरिम जमानतका लागि अपिल गरेका थिए । साँझ ५ बजे उनलाई ५० हजार भारुको व्यक्तिगत धरौटीमा अन्तरिम जमानत दिइएको हो ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन