पोखरा । पोखरामा सम्पन्न भएको प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि बेनी नगरपालिकाले जितेको छ ।
पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा आज (शनिबार) सम्पन्न भएको पुरुषतर्फको फाइनल खेलमा बेनी नगरपालिकाले पर्वतको जलजला गाउँपालिकालाई ६७–५५ अङ्कले पराजित गर्दै उपाधि चुमेको हो ।
पहिलो र दोस्रो क्वाटरमा पछि परेको बेनी नगरपालिकाले उत्कृष्ट पूनरागमन गर्दै उपाधि जितेको हो । पहिलो क्वाटरमा १४–२१, दोस्रो क्वाटरमा २६–३७ तेस्रो क्वाटरमा ४५–४९ ले पछि परेको बेनीले चौथो क्वाटरमा ४९–४९ को बराबरी गर्यो।
पहिलो क्वाटरमा ७, दोसो क्वाटरमा ११ र तेस्रो क्वाटरमा ४ अङ्कले पछि परेको बेनीले चौथो क्वाटरमा उत्कृष्ट पूनरामगन गर्दै ६७–५५ ले खेल जितेको हो ।
गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको पुरुष तर्फको विजेता बेनी नगरपालिकाले नगद १ लाख १५ हजार १ सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
यस्तै प्रतियोगितामा उपविजेता भएको पर्वतको जलजला गाउँपालिले नगद ७० हजारसहित शिल्ड, मेडल र प्रमापत्र प्राप्त गर्यो। प्रतियोगितामा तेस्रो भएको पोखरा महानगरपालिकाले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगितामा विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर बेनीका ओमकार रकाल, बेस्ट अफेन्सीप प्लेयर जलजलाका उत्तम पुन र एमभिपी प्लेयर बेनीका दिप्पस केसी भए । उनीहरुले जनही १५–१५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा पर्वतका मोदी गाउँपालिका अनुशासित टिम घोषित हुँदै नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
यस्तै, महिलातर्फ भएको ३३ को उपाधि भने काठमाडौँको गाण्ड स्र्पोटस टिमले जितेको छ। आयोजक अन्नपूर्ण गाउँपालिका बास्केटबल संघलाई १४–८ अङ्कले पराजित गर्दै उपाधि जितेको हो ।
यस्तै महिलातर्फको विजेता ग्राण्डले ३० र उपविजेता अन्नपूर्णले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर अन्नपूर्णका कुशुम गुरुङ र एमभिपी प्लेयर छिरिङ चोक्का शेर्पा र एमभिपी प्लेयर ग्राण्ड रिङजिन मोक्तान भए । उनीहरुले जनही १५÷१५ सय पुरस्कार प्राप्त गरे ।
कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंगशाामा मंसिर २५ देखी २९ गतेसम्म प्रथम अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता भएको थियो ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह