पोखरा । आइटिएफ जे ३० वल्र्ड टेनिस टुर पोखरा सर्किट २ अन्तर्गत शनिबार सम्पन्न फाइनल सिंगल्समा भारतका आश्रब्य मेहरा र मंगोलियाकी मार्टा चोग्सोमजाभ च्याम्पियन बनेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा सम्पन्न सिंगल्स फाइनलमा दुबै बिजेताले नेपाली खेलाडी द्वय आरब सम्राट हाडा र शिवाली गुरूङलाई पराजित गरेका हुन् ।
पोखरा रंगशालास्थित टेनिस सेन्टरमा आयोजित ब्वाइज र गल्र्सतर्फ फाइनल खेल निकै रोमाञ्चपूर्ण रहे । पोखरामा आयोजना भएको छैटौं संस्करणको आइटिएफ जे३० मा नेपाली खेलाडीहरुले उत्साहपूर्ण रुपमा खेल प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरे पनि उपविजेतामा सिमित बने । नेपाली टेनिसमा उर्वरा खेलाडीको रुपमा रहेका आरब भारतीय खेलाडी आश्रब्य मेहरा संग ६–३, ६–४ को सोझो सेटमा पराजित हुँदै उपविजेतामा चित्त बुझाए ।
आरब एक साता अघि सम्पन्न सर्किट १ मा भारतकै खेलाडी संग फाइनलमा पराजित भएका थिए । उनले दुबै खेलमा उपविजेता बन्दै व्यक्तिगत ३६ अंक बटुले ।
यस्तै गल्र्सतर्फको फाइनलमा भर्खर १४ वर्षको उमेरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पाइला टेक्दै गरी शिवाली गुरुङले अनुभवी १७ वर्षिया मंगोलियाकी मार्टा चोग्सोमजाभ विरुद्ध फाइनलमा चुनौती बनेर उभिइन् । उनको दृढताले भरिएका आकर्षक सटहरुले दर्शकहरुलाई समेत अचम्भित बनायो । शिवाली ६–३, ६–२ को सोझो सेटमा मार्टा संग पराजित भइन् ।
आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट २ का बिजेता तथा उपबिजेता खेलाडीहरुलाई नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरूङ, उपाध्यक्ष नविन चालिसे, कोषाध्यक्ष विष्णु बहादुर थापा, सल्लाहकार गोपी बहादुर भट्टराई, सदस्य प्रिती बराल, टुर्नामेन्ट डाइरेक्टर अजय विष्ट, आइटिएफ सुपरभाइजर प्रविन नायकलगायतले मेडल वितरण गरेका थिए ।
पोखरामा सर्किट १ र सर्किट २ गरी करिव दुई साता सम्म सञ्चालन भएको प्रतियोगितामा नेपालसहित नेपालसहित जापान, भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, मंगोलिया, बंगलादेश र कोरियाका गरी १० देशका १ सय ५ भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता सफल बनाउन सहयोग गर्नेहरु प्रति अध्यक्ष गुरूङले आभार व्यक्त गरेका छन् ।
यो संगै कास्की जिल्ला टेनिस संघको आयोजनामा नेपाली टेनिसमा स्थापित प्रतियोगिता मध्येको एक २० औं संस्करणको माछापुच्छ्रे टेनिस प्रतियोगिता आगामी पौष ११ गतेबाट सञ्चालन हुने कास्की टेनिसले जनाएको छ ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान