पोखरा । क्षेत्री समाज नेपाल वडा समिति पोखरा १६ ले विभिन्न क्षेत्रका व्यक्ति र संस्थालाई सम्मान गरेको छ।
पोखराको पर्यटकीय स्थल घार्मीमा आयोजित कार्यक्रमका विच संस्थाको विकासमा योगदान पुर्याएका पत्रकार शिशिर पौडेल, यदुनाथ बञ्जारा, प्रकाश अधिकारी, पारिजात खराल,सञ्जय थापा, कालिका मन्दिर कोत मामलियत व्यवस्थापन समिति, भजन समुह र समाजले आयोजना गरेको नवदुर्गा झाँकीका सहभागीलाई सम्मान गरेको हो ।
उनीहरूलाई समाजका कास्की अध्यक्ष दिलबहादुर अधिकारी, कोषाध्यक्ष सन्दिप थापा, महानगर अध्यक्ष कृष्णबहादुर थापा,वडा समितिका कार्यबाहक अध्यक्ष राम शरण बानियाँ लगायतले खादा, मायाको चिनो र सम्मान पत्र प्रदान गरे। कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले राष्ट्रिय अखण्डता र सामाजिक एकताका लागि क्षेत्री समाज सदैव अग्र भागमा रहेको बताए । जिल्ला कोषाध्यक्ष सन्दिप थापाले समाजको १६ नं. वडा समिति निकै किर्याशिल रहेको भन्दै प्रशंसा गरे।
वडा समितिका कार्यबाहक अध्यक्ष राम शरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गोविन्द बहादुर थापाले गरेका थिए । रमाईलो वनभोज सहित भएको कार्यक्रममा विभिन्न खेलमा विजयी बल बहादुर थापा, लक्ष्मी जि सि, सिता बस्नेत, चरित्र थापालाई पुरस्कार प्रदान गरिएको थियो ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन