पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले स्व.डिल बहादुर गुरुङको आदर्श र योगदानलाई पछिल्लो पुस्ताले अनुसरण गर्नुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं १४ द्धारा पोखरामा सोमबार आयोजित स्व. गुरुङ्गको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै मन्त्री थापाले सो कुरा बताएका हुन् ।
उनले स्व.गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समाज र पार्टीको विकासका लागि पु¥याएको योगदानको चर्चा गर्नुहुदै राजनीतिलाई पद र प्रतिष्ठा भन्दा पनि समाजको परिर्वतनको मुल नीतिका रुपमा लैजानुपर्छ भन्ने स्व. गुरुङको सोचलाई पुरा गर्ने जिम्मेवारी हामीमा आएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले स्व. गुरुङको राजनीति सोच र व्यक्तित्वले काँग्रेसलाई सधैँ अभिभावकत्व दिईरहेको अवस्थामा उनको निधनले पार्टीलाई ठूलो क्षति भएको बताए ।
गण्डकी प्रदेशका सांसद रेखा गुरुङले स्व. गुरुङ राजनीतिक चिन्तकमात्र नभई समाजिक अभियान्ताका रुपमा रहनुभएको स्मरण गरे ।
पर्वत काँग्रेसका नेता नवराज गुरुङले स्व.गुरुङ बिकासप्रेमी नेता रहनुभएको बताए ।
कार्यक्रममा स्व. गुरुङका कान्छा छोरा शेरबहादुर गुरुङले आफ्ना पिताले परिवारलाई मात्र नभई समाजलाई नै संस्कार दिएर जानुभएको बताए । उनी सबै क्षेत्रमा प्रेरणाको श्रोतका रुपमा रहनुभएको गुरुङले बताए ।
पर्वत जिल्ला साविक आर्थरडाँडा घर भई हाल पोखरा महानगरपालिका शिवालयचोक बस्दै आउनुभएका स्व.गुरुङ नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता एवं काँग्रेस बुढाका नाममा प्रख्यात थिए ।
वडा नं १४ का अध्यक्ष रुद्रमोहन रिमालले तत्कालीन समयमा स्व. गुरुङ नेपाली काँग्रेसको मियोको रुपमा रहेको स्मरण गर्दै उहाँको निधनले काँग्रेसलाई ठूलो क्षति पुगेको बताए ।
गण्डकी प्रदेशका सांसद पञ्चराम गुरुङ, पूर्व सांसद लालकाजी गुरुङ, नेपाली काँग्रेस गण्डकी प्रदेशका संचार विभाग प्रमुख एवं नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाली काङ्ग्रेसका उपसभापति शिव सुवेदी, क्षेत्रिया सभापति राजकुमार केसी, नगर सभापति किशोर भण्डारी लगायत स्व.गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन