बाजुरा । बाजुरामा आज बिहान गएको भूकम्पले गरेको क्षतिको विवरण आउन थालेको छ ।
भूकम्पका कारण बाजुरासहित कालिकोटका विभिन्न स्थानमा भौतिक क्षति भएको प्रारम्भिक तथ्याकं प्राप्त भएको छ ।
भूकम्पले बुढीनन्दा नगरपालिका वणडा नम्बर २ मा स्थानीय कल्पना बुढाको दुई तले घर पूर्ण रूपमा क्षति भएको छ । त्यस्तै सोही नागरपालिका ३ मा धनी बोहरा, साइमल रोकाया, घनश्याम बुढा, तिने चदारा, मान सिंह थापा भोटेको घरमा आंशिक क्षति भएको छ । यस्तै सोही ठाउँको कैलाश अतिथिगृहको भवनमा पनि क्षति भएको छ । सोही नगरपालिका– ४ मा स्थानीय जनक बोहरा, वडा नम्बर ९ पाण्डुसैनमा पदम सार्कीको घरमा पनि पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यस्तै भूकम्पले स्वामीकार्तिक खापर गाउँपालिका १ मा दशरथ विक, आनन्द विक, चम्फे विक, मन विकको घरमा क्षति भएको छ । प्रहरीका अनुसार बिहानदेखि भूकम्पबाट भएको क्षति विवरण संकलनका लागि ५५ जनाको टोली खटिएको छ । क्षतिको यकिन विवरण आउँन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी भूकम्पका कारण कालिकोटको रास्कोट नगरपालिका ३ मा स्थानीय डम्बर कुमाल, पाचायोगीको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । यस्तै सोही नगरपालिका ८ मा पुस्पराज न्यौपानेको घरमा पनि क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।
आज बिहान ४ः१४ मिनेटमा बाजुराको जगन्नाथ गाउँपालिका ५ गोत्री आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्नेच्युडको गएको भूकम्पले गरेको थियो ।
सम्बन्धित खबर
फेसबुकबाटै कर फिर्ता लिँदै प्रधानमन्त्री बालेनले लेखे- सरकारका सबै निर्णय जनताको हितमा गरिनेछन्
आफ्ना सांसदलाई रास्वपाको पाँचबुँदे निर्देशन, भ्रमणलाई रणनीतिक अभियानका रूपमा सञ्चालन गर्न आग्रह
चौतर्फी विरोधपछि शिक्षा र स्वाथ्यमा लगाएको कर सरकारले फिर्ता गर्यो
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति
यो पनि पढौँ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाडौं रिफर
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते