पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा सम्पन्न पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ छोम्रोङ बास्केटबल समूह च्याम्पियन बनेको छ ।
पोखरा महानगरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा आज भएको फाइनल खेलमा रामघाटलाई ६५–४८ को अंकसहित पराजित गर्दै छोम्रोङ च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको छोम्रोङले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको रामघाटले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
पुरुषतर्फ छोम्रोङका बल्कु पुन एमभिपी घोषित हुँदै पुरस्कृत भए । यस्तै सोही टिमकै नुकेश जुग्जाली बेस्ट अफेन्सिभको अवार्डबाट पुरस्कृत भए ।
रामघाटका सुजन महर्जन उदीयमान खेलाडी र सोही टिमकै आशिष बस्नेत बेस्ट डिफेन्सिभका रुपमा पुरस्कृत बने ।
यसैगरी महिलातार्फ स्पोर्टस् ग्राण्डी काठमाडौंलाई ३४–२३ अंकसहित पराजित गर्दै ताङतिङले उपाधि जित्यो । उपाधि जितेको ताङतिङलाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए ।
उनका अनुसार उपविजेता बनेको काठमाडौंले नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
विधागततर्फ ताङतिङका गरिशा सिलवाल एमभिपी खेलाडीका रुपमा पुरस्कृत बनिन् । यस्तै सोही टिमकै सोनी वाइबा बेस्ट डिफेन्सिभ घोषित भइन् ।
यसैगरी काठमाडौंकी सुहाना मल्ल उदीयमान खेलाडी र रिन्छेन मोक्तान बेस्ट अफेन्सिभका रुपमा पुरस्कृत भइन् ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, पत्रकार राजबहादुर गुरुङ, पुरस्कारदाताहरु, लगायतले पुरस्कार वितरण गरेका थिए ।
गत ३ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा पुरुषतर्फ कुल १७ र महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान