पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

petrol-oil-pump-tel

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा दुई रुपैयाँले मूल्य बढाएको हो ।

हवाई इन्धनको मूल्य भने घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर दुई रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको प्रतिकिलोलिटर १५ डलरले घटाइएको छ ।

अब पेट्रोलको मूल्य काठमाण्डौ र पोखरामा प्रतिलिटर एक सय ६३ रुपैयाँ, सुर्खेत र दाङमा एक सय ६२ रुपैयाँ र बाँकी क्षेत्रमा एक सय ६० रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तै डिजेलको मूल्य काठमाण्डौ तथा पोखरामा प्रतिलिटर एक सय ५३ रुपैयाँ, सुर्खेत र दाङमा एक सय ५२ रुपैयाँ र बाँकी क्षेत्रमा एक सय ५० रुपैयाँ ५० पैसा कायम भएको छ ।

आन्तरिक हवाई इन्धन प्रतिलिटर एक सय २६ रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाण्डौमा नौ सय ६०, पोखरामा सात सय ९३ र भैरहवामा सात सय ७८ अमेरिकी डलर कायम गरिएको छ ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत् रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ