काठमाडौं, २० पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको अर्थतन्त्रको विभिन्न सेक्टर लथालिङ्ग र भताभुङ्ग रहेको टिप्पणी गरेका छन् ।
आज (शनिबार) दिगो पर्यटन सहकारीको साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै, मन्त्री गुरुङले पाँच महिनामा सरकारले यो–यो गर्यो भनेर देखाउने केही पनि उपलब्धी नरहेको बताए ।
उनले आफूले वर्तमान सरकारको मन्त्रीको रुपमा पाँच महिना बस्दा सबैभन्दा ठूलो समस्या सुशासन पाएको बताए ।
सरकारका प्रवक्तासमेत रहेका गुरुङले भने, ‘अहिले चाहीँ मैले गर्वका साथ के भन्छु भने– देखाउने कुरा त केहीपनि छैन अहिले हामीसँग । हामीले यो पाँच महिनाभित्र यो–यो गरियो भने देखाउने कुरा केही छैन । पाँच महिनाभित्र सिकेको कुरा के हो भनेदेखि प्रधानमन्त्री या मजस्तो मन्त्रीले अनुभूति गरेको वा सिकेको कुरा के हो भनेदेखि हाम्रो मुलुक चरम संकटमा बेथितिमा छ । यतिधेरै अराजकता, यतिधेरै अस्तव्यस्थता अहिले छ ।’
मन्त्री गुरुङले देशमा सुशासन नभएको र सबैतिर अस्तव्यस्त र भद्रगोल तरिकाले चलिरहेको बताए । ‘मैले पाँच महिना काम गर्दा हाम्रो सबैभन्दा ठूलो समस्या भनेको सुशासनको समस्या छ । सुशासन भयो भने पुँजीगत खर्च पनि बढिहाल्छ । उत्पादन पनि बढिहाल्छ, भ्रष्टाचार पनि नियन्त्रणमा आइहाल्छ । सबैभन्दा ठूलो समस्या भनेको सुशासन हो । सुशासन नै छैन । सबै ठाउँमा अस्तव्यस्त र भद्रगोल छ । सुशासनका जे–जे आयमहरु छन्, त्यसलाई राम्रोसँग समातेर गइयो भने अहिलेका समस्याहरु समाधान हुनथाल्छन्,’– उनले भने ।
मन्त्री गुरुङले सरकारको काम गर्ने तरिका र कर्मचारी, प्रहरी प्रशासनको काम गर्ने तरिकामा ड्राफ्टिक चेन्ज हुनुपर्ने अवस्था रहेको बताए । उनले नयाँ व्यवस्था र पुरानो शैलीको काम गर्ने व्यूरोक्रेशीले अन्तरद्वन्द्व सिर्जना गरेको दाबी छ । उनले काम गर्न सरकारको विभिन्न निकायबीच समन्वयको अभाव रहेको बताए । उनले अहिले आयत ठप्प रहेको, उद्योगहरुको उत्पादन ५० प्रतिशतभन्दा बढी कसैको नरहेको बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म पनि घुस खान्न, कसैलाई घुस खान दिन्नँ’ भनेपनि तलका अवयवहरुले घुस खाइरहेको र जनताले घुस दिन परिरहेको बताएका हुन् ।
साथै, आफूले घुस दिएको कुरा प्रधानमन्त्रीलाई भन्न सामान्य जनताको पहुँच नै नरहेको उनले बताए । प्रधानमन्त्रीलाई सामान्य मान्छेले भेट्नै नपाउने उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीले कति दिनदेखि भनिरहनुभएको छ– म पनि घुस खान्न, कसैलाई घुस खान दिन्नँ । हाम्रो तलका अवयवहरुले घुस खाइरहेको छ । जनताले घुस दिन परिरहेकै छ । जनताले घुस दिन परिरहेको जनतालाई थाहा छ नि । ठूलो मान्छेलाई के थाहा हुन्छ ? मैले घुस खाएँ भनेर कसैले भन्न आउँदैन । जनतालाई फलानो ठाउँमा मैले घुस दिएँ भन्न पहुँच नै छैन प्रधानमन्त्रीकहाँ । हाम्रो सिस्टम त्यस्तो छ, सामान्य मान्छेले भेट्न पाउँदैन नि ।’
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने