पोखरा । सहकारीको रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार मात्र जिल्ला अदालत काठमाडौंमा हाजिर हुने भएका छन् ।
रास्वपाका सहकोषाध्यक्ष दीपक बोहोराका अनुसार शुक्रबार कास्कीमा आवश्यक कानुनी कार्य सकेर काठमाडौं जान केही ढिलाइ भएको हो ।
उनले भनेका छन्, रवि दाईका अनुसार उहाँ कास्कीमा आवश्यक कानुनी कार्यहरू सकेर काठमाडौंतर्फ जाने क्रममा हुनुहुन्छ।सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८:३० मा नै काठमाडौं जिल्ला अदालतमा हाजिर हुनुहुनेछ।
लामिछाने शुक्रबार अपरान्ह साढे १२ बजे स्थलमार्ग हुँदै पोखराबाट काठमाण्डौका लागि प्रस्थान गरेका हुन् ।
स्वर्णलक्ष्मी सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको आरोपमा काठमाडौंमा पनि उनीविरुद्ध मुद्दा दायर भइसकेको छ ।
सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई हिजो बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको थियो । कास्कीको सूर्यदर्शन सहकारी लगायतमा परेको मुद्दाको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो ।
सम्बन्धित खबर
जनयुद्ध दिवसका नाममा बिदा नदिन सर्वोच्च अदालतको आदेश
आज विश्व रेडियो दिवस
यी स्थानमा हिमपात हुने
काठमाडौँमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० जना घाइते
मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहलमा बाढी
रुकुमपूर्वमा हजुरआमा र नातिको हत्या, आरोपित व्यक्ति पनि मृत फेला
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति