पोखरा । अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ। क्यालिफोर्नियाका मौसमविद्हरूले थप तीव्र हावा चल्ने चेतावनी दिएका छन्, जसले गर्दा यो साता आगलागी अझै बढ्न सक्ने अनुमान गरिएको छ।
लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीहरूले मृत्यु हुनेको संख्या २४ पुगेको पुष्टि गरेका छन्। आगलागीका कारण इटन क्षेत्रमा ११ जनाको र पालिसेड्स क्षेत्रमा ५ जनाको मृत्यु भएको छ।
सबैभन्दा बढी क्षति पालिसेड्स क्षेत्रमा भएको छ जहाँ २३ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ।
आइतबार मूल्याङ्कनकर्ताहरूले यसको प्रारम्भिक क्षतिको अनुमानलाई बढाउँदै २५० देखि २७५ अर्ब अमेरिकी डलरबीच हुने बताएका छन् ।
लस एन्जलस क्षेत्रमा अहिले चारवटा आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ। अधिकारीहरूका अनुसार दक्षिण क्यालिफोर्निया क्षेत्रमा यतिखेर १४ हजार अग्नि नियन्त्रकहरू सक्रिय छन्, जसलाई ८४ वटा विमान र १ हजार ३५४ वटा दमकलले सघाइरहेका छन् ।
अनिवार्यरूपमा घर छाड्नुपर्ने आदेशका कारण अन्यत्र सारिएका मानिसको सङ्ख्या १ लाख ५ हजार पुगेको छ । अझै ८७ हजार मानिसलाई घर छाड्नुपर्ने हुन सक्ने भनिएको छ ।
सम्बन्धित खबर
स्वीडेनको एक क्याम्पसमा गोली चल्दा १० जनाको मृत्यु
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु
साउदीमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको मृत्यु
अमेरिकामा विमान हेलिकोप्टरसँग ठोक्किएर नदीमा खस्यो, १८ शव फेला
महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु
भारतमा हतियार कारखानामा विस्फोट हुँदा ८ जनाको मृत्यु
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा