पोखरा । अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ। क्यालिफोर्नियाका मौसमविद्हरूले थप तीव्र हावा चल्ने चेतावनी दिएका छन्, जसले गर्दा यो साता आगलागी अझै बढ्न सक्ने अनुमान गरिएको छ।
लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीहरूले मृत्यु हुनेको संख्या २४ पुगेको पुष्टि गरेका छन्। आगलागीका कारण इटन क्षेत्रमा ११ जनाको र पालिसेड्स क्षेत्रमा ५ जनाको मृत्यु भएको छ।
सबैभन्दा बढी क्षति पालिसेड्स क्षेत्रमा भएको छ जहाँ २३ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ।
आइतबार मूल्याङ्कनकर्ताहरूले यसको प्रारम्भिक क्षतिको अनुमानलाई बढाउँदै २५० देखि २७५ अर्ब अमेरिकी डलरबीच हुने बताएका छन् ।
लस एन्जलस क्षेत्रमा अहिले चारवटा आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ। अधिकारीहरूका अनुसार दक्षिण क्यालिफोर्निया क्षेत्रमा यतिखेर १४ हजार अग्नि नियन्त्रकहरू सक्रिय छन्, जसलाई ८४ वटा विमान र १ हजार ३५४ वटा दमकलले सघाइरहेका छन् ।
अनिवार्यरूपमा घर छाड्नुपर्ने आदेशका कारण अन्यत्र सारिएका मानिसको सङ्ख्या १ लाख ५ हजार पुगेको छ । अझै ८७ हजार मानिसलाई घर छाड्नुपर्ने हुन सक्ने भनिएको छ ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन