पोखरा । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ ।
हिजो दिउँसो झापाको शिवसताक्षी दोमुखा पर्यटकीयस्थलमा भएको नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर अर्जुनधाराको निवास फर्कंदै गर्दा उनीमाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गा खण्डमा आक्रमण भएको हो । आक्रमणबाटउनको निधारमा चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू नेपाल विद्युत् प्राधिकरणका कर्मचारी रहेको प्रहरीले जनाएको छ ।
बा १ झ ६५३ नं को गाडीमा सवार थापामाथि बा १ ञ १८७० मा सवार विद्युत् प्राधिकरणका चालक र सहयोगी कर्मचारीले आक्रमण गरेका थिए ।
निर्माणाधीन पूर्वपश्चिम राजमार्गमा भीआईपी गाडीले ओभरटेक गर्न खोज्दा आक्रमण भएको प्रहरीले बताएको छ ।
आक्रमणबाट निधारमा चोट लागेका थापा बिर्तासिटी अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।
प्रहरीले तत्कालै दुई जनालाई पक्राउ गरेको थियो । तर सुरक्षाको कारण देखाउँदै उनीहरूको नाम सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरूमाथि कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
काठमाडौँमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात, दुई गम्भीर घाइते
प्रधानमन्त्री ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै
आमाछोरी झुन्डिएको अवस्थामा मृत फेला
डेरामा बस्नेको हत्या आरोपमा घरबेटी पक्राउ
झापाबाट काठमाडौँ आउँदै गरेको गाडी दुर्घटनाः चालकको मृत्यु, ५ घाइते
आजको मौसम पूर्वानुमान
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा