पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता खेल्ने गण्डकी प्रदेशको टोली घोषणा भएको छ । गण्डकी भलिबल संघले ३ विदेशीसहित १२ खेलाडीको घोषणा गरेको हो ।
टोलीमा विदेशी खेलाडीको रुपमा ट्युनिसियाका फाहिम मिलाडी, कंगोका यानिक सेशा र भारतका रोमन कुमार छन् । यसअघि केन्याका निकोशल मातुयी ल्याउने तय भएपनि अन्तिम समयमा उनको ठाउँमा भारतका रोमनलाई ल्याइएको प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले जानकारी दिए ।
गण्डकी अघिल्लो संस्करणको उपविजेता टोली पनि हो । यसपटक टाइगर कपमा सञ्जुविक्रम शाह गण्डकीको टोलीमा फर्किएका छन् । सञ्जुले केही समय गण्डकीको कप्तानी गरेका थिए । पछिल्लो समय हेल्प नेपालबाट खेल्दै आएका उनी टाइगर कपमा गण्डकीमा फर्किएका हुन् । सञ्जुसँगै गण्डकीको टोलीमा हरि पाण्डे, विवश आले, सन्तोष विक र इन्द्र विक समावेश छन् । यस्तै नरबहादुर सुनार, हिमाल सुनारी, विश्वास अधिकारी र कुञ्जन शाहीले पनि गण्डकीको टोलीबाट खेल्दैछन् । टोलीको प्रशिक्षक रमेश केसी छन् ।
शनिबारबाट सुरु हुने पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागी हुन विदेशी खेलाडी तथा टोली पोखरा आइरहेका छन् ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह