नेकपा मालेका महासचिव सिपी मैनालीले नेकपा एमाले र नेपाली काँग्रेसको सत्ता समीकरण भत्काउन बाह्य शक्ति लागेको बताएका छन्।
शनिवार काठमाडौँमा एकदेव आलेको ५६ औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा एमाले र नेपाली काँग्रेस मिलेको खण्डमा ०८४ सम्मै सरकार अघि बढ्ने भए पनि बाह्य शक्ति सरकार भत्काउन लागेको बताए।
उनले अहिलेको सरकार भत्काउनका लागि बाह्य शक्तिलाई कतिपय देशभित्रका शक्तिहरूले पनि साथ दिइरहेको बताए। उनले बाह्य शक्ति, अन्तरविरोध र दलाल पुँजीवादी, सामन्तवादी प्रवृत्ति अन्त्य गर्न जरुरी रहेको बताए।
उनले भने, ‘नेपाली काँग्रेस र नेकपा एमाले मिले भने त नढल्ला तर बाह्य शक्ति यिनीहरूलाई मिल्न नदिने भनेर लागिरहेको छ। त्यसले गर्दा बहुमत नै भए पनि सरकार ढल्न कुनै आइतवार लाग्दैन। किनभने बाह्य शक्ति अहिले हाबी छ। बाह्य शक्तिहरूसँगको हाम्रो अन्तरविरोध र दलाल पुँजीवादी, सामन्तवादी प्रवृत्ति यो अहिलेको हाम्रो देशको विरोधी शक्ति हो।’
महासचिव मैनालीले कम्युनिष्टहरू बसेर आफूले गरेका कमी, कमजोरीबारे छलफल गर्न जरुरी रहेको बताए।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने