गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले नेकपा एमालेको नीति, सिद्धान्तमा रहने सदस्यहरू ईमानदार, श्रेष्ठ रहने र उनीहरु नै अघि बढ्ने बताएका छन् ।
प्रेस चौतारी मोरङ जिल्ला शाखाको अधिवेशन उद्घाटन समारोहमा बोल्दै केन्द्रीय अध्यक्ष बस्नेतले माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई शिरमा राखेर अघि बढेका कार्यकर्ताहरूले यसको मर्म बुुझ्नुपर्ने पनि बताए ।
‘जबजले प्रतिष्पर्धामा श्रेष्ठता भन्छ, त्यो कामले श्रेष्ठता हो । काम गर्नेहरू अघि बढ्छन् । केपी ओली सबैलाई माया गर्ने, सम्मान गर्ने, काम गर्नेलाई अघि बढाउने नेता हुनुहुन्छ । कारबाही गर्ने बाध्यता हो ।’ अध्यक्ष बस्नेतले भने ।
कामको मूल्यांकन हुने भन्दै उनले थपे – ‘मेरो स्वभाव यस्तै छ, अन्याय नगर्ने, काम गर्नेहरुलाई पछाडि पार्ने षड्यन्त्र विफल पार्ने, गुटबन्दीमा लाग्नेहरुलाई ठाउँ नदिने । इमानमा न एमाले चुकेको छ, न चौतारी चुनेको छ । न चौतारीका अध्यक्ष चुकेका छन्, न चौतारीका साथीहरु चुकेका छन् ।’
पार्टी विरुद्ध देशको हित नचाहने अराजक तत्वहरुको घेराबन्दी गरेका बेला देशैभर सर्वसम्मत नेतृत्व आवश्यकता भएको उनको आशय छ । उनले भने – ‘म अनलाइनको सम्पादक पनि हूँ, समाचारकै कारण साइबर क्राइममा मुद्धा छ, अदालतमा तारिख धाउनुपरेको छ ।’
पदमा बसेका साथीहरुले पदीय मर्यादा ख्याल गरेर बोल्न, साथीहरू नउचाल्न आग्रह गर्दै उनले भने– ‘नेता हुनेहरुले समस्या समाधान गर्ने हो, समस्या खडा गर्ने होइन । पदमा बसेका साथीहरू मिलाउन लाग्नुहोला ।
प्रेस चौतारीको महाधिवेशन मोरङले यसअघि गरिसकेकाले चुनौती र अनुभव सबै थाहा भएकाले कामको समीक्षासँगै फागुन २५ देखि बिराटनगरमा हुन लागेको प्रेस चौतारी नेपालको दशौं महाधिवेशनलाई पोखरा भन्दा पनि भव्य र सभ्य रुपमा सम्पन्न गर्ने गरी तयारी गर्न निर्देशन दिए ।
उनले भने – ‘पोखरामा भएको नवौं महाधिवेशनलाई कसरी जित्ने भनेर प्रतिष्पर्धा गर्नुपर्नेछ । सबै उपसमितिहरुले तदारुकताका साथ काम गर्नुहोस् ।’
सरकारको कामले निजी क्षेत्र उत्साहित भएको छ, अर्थतन्त्र चलायमान भएको छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकारले उत्साहजनक रूपमा काम गरेको बताए ।
प्रेस चौतारी मोरङको अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमाले बिचको सहमतिबाट बनेको यो सरकारबाट उत्साह छाएको बताए । सरकारका कामको सकारात्मक नतिजा आउन थालेको पनि उनले बताए । ‘सरकारको पछिल्ला कामहरूले निजी क्षेत्र उत्साहित भएको छ, अर्थतन्त्र चलायमान भएको छ’, उनले भने ।
कोशी प्रदेशमा पनि राजस्व वृद्धिदर बढेको बताउँदै उनले राजश्वमा प्रदेश सरकारले राखेको लक्ष्य पूरा हुने बताए । कोशी प्रदेश सरकारले यही अधिवेशनबाट आमसञ्चार व्यवस्थापन गर्न बनेको विधेयक पास गरेर पत्रकारिता क्षेत्रको विकासका लागि काम गर्ने पनि कार्कीले जानकारी दिए ।
पछिल्लो समयमा सञ्चार माध्यममा नकारात्मक कुराले प्राथमिकता पाएको बताउँदै उनले यस्ता समाचारलाई निरुत्साहित गर्नुपर्ने बताए । यथार्थ समाचारलाई सम्प्रेषण गर्नुपर्ने उनको धारणा छ ।
प्रेस चौतारी मोरङको अध्यक्षमा चिना थापा निर्वाचित
प्रेस चौतारी नेपाल मोरङको नवौँ जिल्ला अधिवेशनले चिना थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
जसको खुल्ला उपाध्यक्षमा अशोक पौडेल निर्वाचित भए भने समावेशी उपाध्यक्षमा रञ्जना अधिकारी चुनिएका छन् । सचिवमा नवराज भट्टराई निर्वाचित हुँदा खुल्ला सहसचिवमा कृष्णचन्द्र सुवेदी र समावेशी सहसचिवमा राजकुमारी तामाङ, कोषाध्यक्षमा भने पुण्यप्रसाद अधिकारी चुनिएका छन् ।
सदस्यहरूमा विसान्त ढुंगाना, विशाल भण्डारी, प्रमोद कार्की, सामना भट्टराई, संगीता राई, सिसिर राई, शिवकिशोर परिहसब, रोहन राई, दीपक खड्का, रामकुमार शर्मा, रोम दाहाल, कूलदीप बास्तोला, विवेक खतिवडा र सुमता भट्टराई निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने