एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आजदेखि लिग चरणको खेल सुरु भएका छन् । आज लिग चरणका ४ खेल हुनेछन् । पुरुषतर्फ दुई र महिलातर्फ दुई खेल हुने तालिका छन् ।
पहिलो खेलमा पराजित भएको गण्डकी प्रदेशको अर्काे चरणमा जाने सम्भावना केही कठिन बनेको छ । अब पुरुषतर्फ गण्डकीले ‘हार्ने समूह’ मा लिग खेल्नेछ । उक्त समूहबाट शीर्ष स्थानमा रहने टोली मात्र इलिमिनेटर खेल्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगितबाट बाहिरिनेछन् । ‘हार्ने समूह’ मा गण्डकीसहित टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र शसस्त्र प्रहरी बल एपिएफ छन् । ३ वटै टोलीले एकअर्कासँग खेल्नेछन् । यी टोलीमध्ये शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । इलिमिनेटर खेल्न गण्डकी शीर्ष स्थानमा रहनुपर्छ । अन्यथा प्रतियोगिताबाट बाहिरिनेछ ।
अर्काेतर्फ ‘जित्ने समूह’ बाट शीर्ष दुई टोली फाइलन प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने र ‘हार्ने समूह’ बाट शीर्ष स्थानमा रहने टोलीले इलिमिनेटरमा भिड्नेछन् । पुरुषतर्फ ‘जित्ने समूह’ मा त्रिभुवन आर्मी क्लब, भारतको सुनिल भलिबल क्बल र नेपाल पुलिस क्लब छन् ।
पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । ‘हार्ने समूह’ बाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
सम्बन्धित खबर
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?