काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपालले नेपालको पत्रकारिता र सूचनाको अधिकारका क्षेत्रमा गौरव गर्न लायकको काम गरेको बताएका छन् ।
बिहीबार प्रेस चौतारी नेपाल सुनसरीको आठौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले प्रेस चौतारी नेपालका अग्रजहरूले पञ्चायती निरङ्कुश व्यवस्थाका विरुद्ध र नयाँ पुस्ताले लोकतन्त्र स्थापनाका लागि सशक्त कलम चलाउने काम मात्र गरेका नभई आन्दोलनको अग्रमोर्चामा उभिएको कारण प्रेस चौतारी नेपाल गौरवपूर्ण संगठन भएको दाबी गरे ।
२०६२/०६३ को जनआन्दोलनमा राजनीतिक दल र नेपाल पत्रकार महासंघ समेत बाहिर निस्कन नसकेको बेला प्रेस चौतारी नेपालले आन्दोलन सुरु गरेको उनले स्मरण गराए । त्यति बेला नेपाल पत्रकार महासंघ बनेपातिर भाग्दै गर्दा प्रेस चौतारी नेपालले आन्दोलनको अगुवाइ गरेको बस्नेतले बताए ।
‘गणतन्त्र स्थापनमा हामीले अगुवाइ गर्यौँ, त्यस कारण प्रेस चौतारी नेपाल गौरवशाली छ, हामीले कानुन निर्माणको लागि अगुवाइ गर्यौँ, त्यस कारण प्रेस चौतारी नेपाल गौरवशाली छ, आफ्नै पार्टीको सरकार हुँदा आएको मिडिया काउन्सिल विधेयकको विरुद्ध डटेर प्रतिवाद गरेर फिर्ता लिन लगायौँ, हामी अधिकारको लागि आफ्नैसँग पनि झुक्दैनौँ, त्यस कारण प्रेस चौतारी नेपाल गौरवशाली छ’, उनले भने ।
नेपालको पत्रकारिताको इतिहासमा कसैले नसोचेको काम प्रेस चौतारी नेपालले गर्न सफल भएको उनले बताए । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो महिला अध्यक्ष बनाउन सफल भएर प्रेस चौतारी नेपालले अर्को गौरव गर्न लायक काम गरेको बस्नेतले प्रष्ट पारे ।
प्रेस चौतारी नेपालका सदस्यहरू वैचारिक रूपमा प्रतिबद्ध रहेको पनि उनले बताए । एकादुई ऐजेरु बाहेक प्रेस चौतारी नेपालमा गद्दारी गर्ने मानिसहरू नरहेको बस्नेतले बताए । संगठनको हित विपरीत काम गर्ने कुनै पनि सदस्यलाई आउने अधिवेशनमा उम्मेदवार बन्न नदिने उनले प्रष्ट पारे ।
नेपालका प्रेससँग सम्बन्धित जति पनि कानुन बने त्यसमा प्रेस चौतारी नेपालको योगदान रहेको उनले बताए । यो पेसा र विचार प्रतिको प्रतिबद्धताले नै सम्भव भएको बस्नेतले स्पष्ट पारे।
प्रेस चौतारी नेपाल वैचारिक रूपमा प्रष्ट र व्यावसायिक रूपमा दक्ष पत्रका बनाउने अभियानमा लागेको उनले बताए । समृद्धिका लागि सञ्चार भन्ने मूल नारा लिएर संगठन अघि बढेको उनले बताए । पत्रकारिताले सत्यको आधारमा तथ्य स्थापित गर्नुपर्नेमा उनले जोड दिए ।
प्रेस चौतारी नेपालका सदस्य पत्रकार मात्र नभएर वैचारिक नेता पनि भएको उनले बताए । प्रेस चौतारी नेपाल एमालेको बिचरा बोकेर हिँडेको संगठन र एमाले नेपालको गौरवशाली संगठन भएको बस्नेतले प्रष्ट पारे । विचार र व्यवहारको हिसाबले नेकपा एमाले नेपालको सबैभन्दा उत्कृष्ट पार्टी भएको त्यसका अध्यक्ष केपी ओली समसामयिक राजनीतिको एक नम्बर नेता भएको बस्नेतले बताए ।
उनले माओवादी जनयुद्धको नाममा भएको हिंसाले धेरै मानिसको ज्यान लिएको उनले बताए । क्रान्तिबाटै राज्य सत्ता कब्जा गर्ने भनेर चन्दा नदिएको भनेर घाँटी रेटेर, शिक्षकलाई काटेर, पत्रकाको हात काटेर हिँडेको माओवादी एमालेले नै बोकेको जनताको बहुदलीय जनवादको बाटोमा आएकोले नेपालको राजनीतिका नेता पार्टी नेकपा एमाले नै भएको उनले बताए । २०४६ को परिवर्तनदेखि गणतन्त्र ल्याउनसम्म नेतृत्वदायी भूमिका खेलको कारण नेकपा एमाले गौरवशाली पार्टी भएको बस्नेतले स्पष्ट पारे ।
मदन भण्डारीदेखि, मनमोहन अधिकारी र केपी ओलीसम्म आइपुग्दा नेकपा एमाले नै देशको लागि नेतृत्वदायी भूमिकामा निर्वाह गर्ने पार्टी भएको कारण नेकपा एमाले गौरवशाली पार्टी भएको उनले दाबी गरे ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण