पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको आज पहिलो क्वालिफायर र एलिमिनेटरका खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको सातौं दिन आज पुरुष र महिलातर्फ पहिलो क्वालिफायर र पुरुषतर्फ एलिमिनेटरको खेल हुने तालिका छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको हुनेछ । महिलातर्फ पहिलो क्वालिफायरमा आयोजक टाइगर ग्रुप र सशस्त्र प्रहरी बल एपिएफबिच प्रतिष्पर्धा हुनेछ । एपिएफ अपराजित टोली हो भने आयोजक टोली एपिएफसँग पराजित भएको थियो । यो खेलमा विजेता हुने टोली फाइनल पुग्नेछ भने पराजित हुने टोलीले एलिमिनेटर विजेता टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबसँग दोस्रो क्वालिफायर खेल्नेछ ।
आज हुने दोस्रो खेल पुरुषतर्फको पहिलो क्वालिफायरको खेल हुनेछ । बिहान ११ बजे सुरु हुने उक्त खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच हुनेछ । आर्मी समूह चरण शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गरेका थिए ।
आजको तेस्रो खेल पुरुषतर्फको एलिमिनेटर हुनेछ । दिउँसो १ बजे सुरु हुने एलिमिनेटरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लब प्रतिष्पर्धा गर्नेछन् । एलिमिनेटरको विजेताले पुुलिस र आर्मीबिचको पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो