गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटासँग अंश दाबी नगर्ने गरी एलिनाले वारेसमार्फत शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गराएकी हुन् ।
उनले वैशाखमा बागलुङका विष्णुसँग विवाह गरेकी थिइन् । विष्णु अस्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका छन् । सापकोटा र चौहानबीच लामो समय प्रेम सम्बन्धपछि बिहे भएको थियो । तर, बिहेपछि अस्ट्रेलिया गएकी चौहान काठमाडौं फर्किएपछि उनीहरूबीच राम्रो सम्बन्ध नरहेको चर्चा थियो ।
फिराद पत्रमा चौहानले के लेखेकी छन् ?
‘म कलाकारिताको क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिले काहीं केही अबेर सम्म पनि बस्नुपर्ने हुँदा बिपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बिचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो, त्यस्तैमा तीन महिनाको बसाई पछि म नेपाल फर्किएँ । नेपाल फर्किए पछि पनि म कलाकारिताको क्षेत्रमा हुने बिभिन्न कार्यक्रमहरुमा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बिचको बैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडी बढ्न नसक्ने देखी म फिरादी र विपक्षी पति बिच भावनात्मक रुपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति पत्नीको सम्बन्धमा रहनु बस्नु भन्दा मुलुकी देवानी कार्यबिधी संहिता, २०७४को दफा ९५ (ग) का आधारमा सम्बन्ध विच्छेद गरी स्वतन्त्र भै आ-आफ्नो जिवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश तथा माना चामल नलिने गरी यो फिरादपत्र लिइ सम्मानीत अदालत समक्ष उपस्थित भएकी छु । विपक्षीलाई यस सम्मानित अदालतमा झिकाई जे जो प्रमाण बुझनु पर्छ बुझी हामी बिच कायम रहेको पति पत्नीको नाता सम्बन्ध विच्छेद गराई पाऊँ ।’
सम्बन्धित खबर
अंश दाबी नगरेर एलिनाले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा
बसन्त थापाको ‘मयाली’ सार्वजनिक
गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
कन्दराको ‘हुनेछ: द सङ अफ होप’ गीत सार्वजनिक
गल्याङमा स्थानीय प्रज्ञा प्रतिष्ठान विषयक प्राज्ञिक विमर्श
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा