पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट गुरुकुल विद्यासदन च्याम्पियन भएको छ ।
गुरुकुल विद्यासदनले हिसान गण्डकीको दोस्रो सस्करणका च्याम्पियन त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल लेखनाथलाई १–० गोल अन्तरले हरायो । विद्यासदनलाई च्याम्पियन बनाउन सुमित मल्लले गोल गरे । त्रिवेणीले मदरल्याण्ड सेकेण्डरी स्कुललाई १–० र गुरुकुलले कास्की मोडनाइज स्कुललाई टाइब्रेकरमा ८–७ गोल अन्तरले हराउदै फाइनल प्रबेश गरेका थिए ।
तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताका लागि कास्कीबाट १० टिम छनौट भएका छन् । छनौट हुनेमा गुरुकुल विद्यासदन, त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल, टप्स इङलिस बोडिङ स्कुल, मदरल्याण्ड सेकेन्डरी स्कुल, डाइमन्ड सेकेन्डरी स्कुल, जुनियर सिटिजन एकेडेमी, पोखरा युनाइटेड एकेडेमी, कास्की मोडनाइज एकेडेमी, सगरमाथा सेकेन्डरी स्कुल र ग्लोबल कलेजीयट छनौट भएका छन् ।
कास्की छनौट प्रतियोगितामा ३१ विद्यालय सहभागीता जनाएका थिए । प्रतियोगितामा विजयी खेलाडीलाई गण्डकी प्रदेश खेलकुद समितिका उपाध्यक्ष ध्वजकुमार गुरुङ, हिसान गण्डकीका अध्यक्ष डा रामजी शर्मा, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसि, सबिन मेमोरीयल फुटबल क्लबका अध्यक्ष संजय लिगल, सल्लाहाकार सन्तोष पराजुली लगाएतले विजयी खेलाडी मेडल, प्रमाणपत्र र टर्फि प्रदान गरे ।
तेस्रो संकरणका हिसान गण्डकी फुटसल प्रतियोगिता फागुनमा हुनेछ । प्रतियोगितामा कास्कीबाट १०, नवलपुरबाट २, स्याङजाबाट १, पर्वत, बाग्लुङ र म्याग्दीबाट १, तनहुँ, लम्जुङ र गोरखाबाट १ गरी १६ टिमले प्रदेश स्तरीय प्रतियोगिता खेल्ने छन् । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ । प्रदेश स्तरीय प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् । प्रतियोगिताका मुख्य प्रायोजन युआरएलले गरेको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह