साउदीमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको मृत्यु

साउदीमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको मृत्यु

acc-saudi

पोखरा । साउदी अरबमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

जेद्दामा रहेको नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार दुर्घटनामा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको मृत्यु भएको हो ।

दुर्घटनामा परी ३ नेपाली सहित भारतका ९ र घानाका ३ जनाको मृत्यु भएको बताइएको छ ।

साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै गएको सोमबार कामदार चढेको गाडी र ट्रेलर आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो ।

दुर्घटनामा ११ जना घाइते भएकोमा एक नेपाली इलामका सुकबहादुर लिम्बु रहेका छन् । लिम्बुको जिजानमा उपचार भइरहेको छ । अरेबियन कन्सोलिडेटेड इन्ड्रस्टियल क्लिनिङ सर्भिसेज कर्पोरेसन (एसीआईसी) कम्पनीमार्फत जिजानको आरम्को प्रोजेक्टमा गर्ने कामदार दुर्घटनामा परेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ