पोखरा । विश्व सिमसार दिवस २०२५ को अवसरमा फेवाताल किनार क्याम्पिङचोकमा आइतबार सिमसार संरक्षण फोटो प्रदर्शनी हुने भएको छ । पत्रकार कृष्णमणि बरालले विगत २० वर्ष भन्दा पहिले देखि खिचेका फेवाताल र पोखराका ९ वटै तालको विभिन्न अवस्था झल्कने फोटो प्रदर्शनी हुन लागेको हो ।
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा हुने फोटो प्रदर्शनीमा फेवाताल कसरी मुहानबाट पुरिदै छ भन्ने देखिने २० वर्ष अघि र अहिलेको तस्बिर पनि समावेश हुने छ ।
ताल कसरी पुरिदै छ र कसरी प्रदूषणको चपेटामा पर्दै गएको छ भन्ने जानकारी गराउदै संरक्षणमा लाग्न सचेत गराउने उद्देश्यले फोटो प्रदर्शनीको आयोजना गरिएको आयोजक राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले बताए । हाम्रा बानीले ताल कसरी प्रदूषणको चपेटामा पर्दै गएको भन्ने दृश्य पनि फोटो प्रदर्शनीमा समेटिने आयोजकले बताएका छन् ।
पत्रकार कृष्णमणि बरालले विगत १६ वर्ष अघि देखि गिद्ध र सिमसार संरक्षणकाागि संरक्षण फोटो प्रदर्शनी गर्दे आएका छन् । यही निरन्तरताको क्रममा विश्व सिमसार दिवसको अवसरमा मानवीय व्यवहारका कारण पोखराका तालहरु कसरी प्रदूषणको चपेटामा परेका छन् भन्ने सचेत गराउन फोटो प्रदर्शनीको आयोजना गरिएको पत्रकार बरालले बताए । यस वर्षको नारा हाम्रो साझा भविश्वकालागि सिमसार संरक्षण रहेको छ ।
सबै सजिव प्राणीकालागि नभैनहुने पानीका स्रोतहरु सुक्दै र प्रदूषणको चपेटामा पर्दै गएका छन् । भोलि पानीको अभावमा काकाकुल हुने अवस्था आउन नदिन अहिले देखि पानीका स्रोतहरु, खोला, नदी, ताल, तलैया सुक्न र प्रदूषणको चपेटामा पर्न नदिन संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन फोटो प्रदर्शनीको आयोजना गरिएको पनि उनले बताए ।
पोखराका ९ तालहरु २०७२ माघ २० गते अन्तर्राष्ट्रिय महत्वको रामसार सूचीमा सूचीकृत भएका छन् । पोखराका तालहरु अन्तर्राष्ट्रिय करण गरिएपनि संरक्षणमा नागरिक र तीन तहकै सरकारले चासो नदिदा प्रदूषणको चपेटामा परेका छन् । देशकै दोस्रो ठूलो ताल फेवा प्रत्येक वर्ष साँगुरिदै पनि गएको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार