पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) सोंथार बेँसी टारी बजार मेला हुने भएको छ । तेस्रो संस्करणको मेला फागुन १ र २ गते सम्म चल्ने छ ।
सोंथर बेँसी जाऔं, टारी बजार मेलामा सहभागी बनौं र त्यस आसपास क्षेत्रको कृषि पर्यटन प्रवर्धन गरौ भन्ने मुल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला आयोजना गर्न लागेको मेला संयोजक तथा सोंथर बेँसी विकास समितिका प्रथम उपाध्यक्ष आस बहादुर गुरुङले जानकारी दिए ।
मेलामा कृषि कार्यक्रमहरु तर्फ गोरु जुधाइँ प्रतियोगिता, साथै गोरु प्रदर्शन एवं किनबेच साटासाट , खसी बोका बाख्रा, मह, घ्यु, आलु, तरकारी, माछा लगायत कृषि वस्तु तथा पशुको प्रदर्शन तथा किनबेच समेत हुने मेलाका सहसंयोजक तथा सोंथर बेँसी विकास समितिका कार्यसमिति सदस्य नन्दलाल अधिकारीले जानकारी दिए ।
त्यस्तै खेलकुद प्रतियोगिताहरु तर्फ खुल्ला फाइब ए साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, खुल्ला पुरुष तथा रसी तान्ने रहेका छन् भने सांस्कृतिक कार्यक्रमहरु तर्फ ३० बर्ष भन्दा माथि उमेर समूह र ३० बर्ष भन्दा कम उमेर समूहको छुट्ट्छुट्टै खुल्ला सामूहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समूह नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृष्ण चलित्र नाच, स्थानीय दोहोरी तथा गायक गायिकाहरुको गायन, भजन लगायत प्रस्तुति रहने मेलाका सहसंयोजक तथा सोंथर बेँसी विकास समितिका आजीवन सदस्य बेद बहादुर गुरुङले जानकारी दिए ।
गत बर्ष राखिएको गोरु जुधाइँ प्रतियोगिताले दर्शक तथा गोरु पाल्ने किसानहरुलाई निकै आकर्षण गराएको हुँदा यस बर्ष सो प्रतियोगिता विशेष रुपमा गरिने सोंथर बेँसी विकास समितिका सचिव डील्लीराज गिरीले बताए । गत बर्ष गोरु जुधाइँ प्रतियोगितामा २० गोरु सहभागि रहेकोमा स्थानीय पदम बहादुर बिकको गोरु प्रथम र प्रदिप गिरिको गोरु द्धितीय भएको गिरीले जानकारी दिए ।
त्यस्तै शैक्षिक कार्यक्रमहरु तर्फ कक्षा १ देखि ३ सम्मका विधार्थीहरुका लागी खुल्ला श्रुति लेखन प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीका लागि सोंथर बेँसी परिसरमा कृषि पर्यटन प्रवद्र्धनको सम्भावना शीर्षकमा वक्तित्वकला प्रतियोगिता राखिएको सोंथर बेंसी विकास समितिका द्धितीय उपाध्यक्ष दिर्गमान गुरुङले जानकारी दिए ।
मेला लाई सफल पार्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको प्रचारप्रसार संयोजक दिपकजंग गुरुङले जानकारी दिए । मेला सञ्चालनक गर्त करिव ५ लाख खर्च लाग्ने समितिका कोषाध्यक्ष रमा क्षेत्रीले बताइन् ।
३५ वर्स अघि त्यस भेककै प्रख्यात रुपमा रहेको सो टारी बजार मेला विविध कारण हराउन पुगी स्थगित भएपछि गत २०७९ सालबाट थप परिस्कृत गर्दै पुनः शुरुवात गरिएको छ । २०७९ सालमा त्यस भेकका सामाजिक अगुवाहरुको पहलमा सोंथर बेँसी विकास समिति जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत रुपमा दर्ता गराइ सो समितिले मेलालाई पुन ब्युताउने काम गरेको मादी– ८ का जनप्रतिनिधि तथा सोंथर बेँसी विकास समितिका अध्यक्ष ओम प्रकाश गुरुङ्ले जानकारी दिए । गत २०७९ र २०८० सालमा दर्शकहरुको उत्साहजनक सहभागिता बीच ३ दिन सम्म मेला चलेको थियो ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु