पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुकमा आगामी फागुन ७ देखि १० गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको छ ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले पोखरामा बिहीबार महोत्सवको सन्दर्भमा च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको महोत्सव संयोजक अमृत गुरुङले जानकारी दिए ।
‘घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पहिलो पटक हामीले च्यारिटी डिनर आयोजना गरेका हौं’, संयोजक गुरुङले भने, ‘सबै मौसममा पर्यटन भन्ने मूल नाराका साथ घान्द्रुक पर्यन व्यवस्थापन समितिको आयोजनामा आगामी फागुन ७ देखि १० गतेसम्म घान्द्रुक पर्यटन महोत्सव आयोजना गरेका छौं ।’
उनका अनुसार पोखरामा आयोजना गरेको च्यारिटी डिनरमा ४ लाख १७ हजार ४ सय ११ रुपैयाँ रकम संकलन भएको छ ।
कार्यक्रममा गायिका प्रिया गुरुङ, उषा गुरुङ सांगीतिक प्रस्तुति र आदिमकला मञ्च सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
घान्द्रुक पर्यन व्यवस्थापना समितिको आयोजनामा आगामी फागुन ७ देखि १० गतेसम्म घान्द्रुक पर्यटन महोत्सव खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता, भेन्ट्रान्स भलिबल, घोडा दौड छेलो लगायतका प्रतियोगिता आयोजना गरिएको छ ।

क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्ने लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक एवम् महोत्सव संयोजक गुरुङले जानकारी दिए ।
उनका अनुसार भलिबल र बास्केटबल प्रतियोगितामा सहभागिता जनाउन एक समूहलाई ६/६ हजार शुल्क निर्धारण गरिएको छ ।
प्रतियोगिताको दुवै विधामा सेमिफाइनलबाट बाहिरिने दुवै समूहलाई नगद १०/१० हजार पुरस्कार प्रदान गर्ने गुरुङले जानकारी दिए । क्लबस्तरीय भलिबल प्रतियोगितामा आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेका २ जना खेलाडी मात्र समावेश गर्न पाईने आयोजकले जनाएको छ ।
यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । भेन्ट्रान्स भलिबलमा सहभागिताका लागि एक समूहलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको पत्येक साँझ साँस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको आयोजकले जनाएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु