पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको ‘२४औँ वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम’ यही माघ ३० बुधबार गते हुने भएको छ ।
पोखरा वीरेन्द्रचोकस्थित तभमरकोट पार्टी प्यालेसमा सम्पन्न हुने वार्षिकोत्सवको अवसरमा स्रष्टा सम्मान एवं विद्यार्थी पुरस्कार वितरण आयोजना गरिएको आयोजकले जनाएको छ।
तमु समुदायका किशोरकिशोरीहरुलाई शिक्षा प्रति आकर्षण र जागरुक गराउने उद्धेश्यले हरेक वर्ष वार्षिकोत्सवको दिन संस्थाले पुरस्कृत गर्दै आइरहेको छ ।
यस वर्ष उच्च शिक्षा अवार्डबाट सम्राट तमुलाई पुरस्कृत गरिने भएको छ भने लालशोभा उत्कृष्ट आमा अर्वाडबाट लमजुङ, क्होलासोंथर भुजुङ मा.वि कक्षा १२ मा ३.५५ जि.पि.ए. प्राप्त विद्यार्थी चित्रकाशीका आमा तसकुमारी तमुलाई पुरस्कृत गरिने भएको छ । पुरस्कार रकम २०/२० हजार रुपैयाँ रहेको छ ।
यस्तै, श्रष्टा सम्मान तर्फ पार्वता तमु स्मृति पुरस्कारबाट चलचित्रकर्मी माओत्से तमुलाई नगद १० हजार र क्या. मिन बहादुर तमु (डाँफे बुढा) पुरस्कारबाट संस्कृतिकर्मी कर्ण बहादुर तमुलाई नगद २५ हजारसहित सम्मान गरिने छ।
यसैगरी, शिक्षा, साहित्य एवम् समाजसेवा विधामा एकेन्द्र तमु, सामाजिक सेवा विधामा सुर्य तमु र हरि तमुलाई विशेष सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।
संस्थाले विद्यार्थी छात्रवृत्ति वितरण सँगसँगै विभिन्न खालका प्रशिक्षण कार्यक्रम, सँस्कृति संरक्षण संवद्धन गर्ने उद्देश्यले छ्याडु प्रतियोगिता, छ्याडु प्रशिक्षणलगायतका कार्यक्रमहरु पनि बेलाबखत गर्दै आइरहेको छ।
संस्थामा हाल ५२ जना संस्थापक सदस्य, देश र विदेशमा गरि १ सय ७९ जना आजीवन सदस्य तथा २ जना मानार्थ सदस्यहरु छन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार