हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न- ९, सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता– २०८१, को सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष सुक बहादुर तामाङले बताए । सिधिङ युनाईटेडले क्लबको वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो ।
माछापुच्छ्रे गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा न- ९, का अध्यक्ष हरि बहादुर क्षेत्रीले स्थानियमा उत्साह उमंग देखिएको छ, त्यसैले प्रतियोगिताले समग्र माछापुच्छ्रे« गा.पाको खेलकुद क्षेत्रको विकास सँगै कला, संस्कार र संकृतिको जगेर्ना गर्ने विश्वास व्यक्त गरे ।
माघ ३० गते देखि फागुन ३ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद रु ८५ हजार, द्धितियले नगद रु ५० हजार र तृतीयले नगद रु ३० हजार र सान्त्वना हुनेले नगद रु २० हजार रुपैयाँ साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक याम क्षेत्री बताए । पुरुष भलिबल तर्फ दर्ता शुल्क रु ६ हजार रहेको छ ।
भेट्रान्स भलिबल प्रतियोगिता तर्फको विजेताले नगद रु ३० हजार र उप–विजेताले नगद रु २० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रान्स तर्फ दर्ता शुल्क नगद रु ३ हजार रहेको छ ।
कार्यक्रमको अन्य आकर्षणको रुपमा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु द्धारा नृत्य, गायन, हास्यब्यङ्गे विशेष प्रस्तुति र विभिन्न सांस्कृतिक कार्यक्रम रहने छन् । साथै आधारभूत विघालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, रस्साकस्सी, घोडा दौड लगायतका विभिन्न प्रतियोगिता पनि रहने कार्यक्रम संयोजक मोहन सिङ तामाङले बताए ।
माघ ३० गते विहान ठिक ११ः३० बजे पहिलो उद्धघाटन खेल हुने क्लवका सचिब प्रज्वल क्षेत्रीले जानकारी दिए । खेल सिधिङ खेलकुद मैदानमा हुनेछ ।
सम्बन्धित खबर
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा प्रवेश, विराटनगर पराजित
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला